Thursday, August 5, 2021
Homeबिचारकोभिड–१९ र जलवायु परिवर्तन

कोभिड–१९ र जलवायु परिवर्तन

,
sharethis

जलवायु परिवर्तनको जोखिमबाट गुज्रिरहेको सिंगो मानवजातिलाई कोभिड–१९ ले आज एउटा असजिलो र अमिलो मन लिएर एउटा कोठामा लुकेर बस्नुपर्ने अवस्थामा पु-याइदिएको छ । चीनलाई सुरुमा आक्रमण गरेको यो कोभिड–१९ अहिले विश्वका २ सय १० देशमा फैलिसकेको छ । यसबाट हालसम्म विश्वका २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाखभन्दा बढी मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् । आफूलाई सामाजिक र आर्थिक विकासमा मात्र होइन विज्ञान र प्रविधिमा समेत अब्बल मानिने राष्ट्रहरूले समेत कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्ने औषधि पत्ता लगाउन सकेका छैनन् । लाग्छ, संसारका सम्पूर्ण मानिस एकातिर र कोभिड–१९ अर्कोतिर लडेका छन् । जित कसको हुन्छ कसैलाई थाहा छैन । साच्चै भन्ने हो भने यसले विज्ञान र प्रविधि दुवैलाई एकैपटक चुनौती दिएको छ । जलवायु परिवर्तन र कोभिड–१९ ले एकैपटक आक्रमण गरेको पृष्ठभूमिमा भोलिका दिनमा कसरी अगाडि बढ्ने आजै सोच्न र रोडम्याप बनाउन सकिएन भने भोलिका दिनमा भोकमरीलगायतका थप समस्या नआउलान् भन्न सकिँदैन । यस लेखमा आउँदा दिनमा जलवायु परिवर्तन र कोभिड–१९ लाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर चर्चा गर्न खोजिएको छ ।

जलवायु परिवर्तन मानवीय गतिविधिका नकारात्मक परिणति भएकोमा अब द्विविधा रहेन । १८औं शताब्दीको औद्योगिक क्रान्ति र त्यसपछिका मानवीय गतिविधि जलवायु परिवर्तनका लागि बढी जिम्मेवार भए पनि सन् १९९२ को रियो सम्मेलनपछि मात्र यसबारे बढी चर्चा हुने गरेको हो । सुरुमा क्योटो अभिसन्धि र पछिल्ला दिनमा पेरिस सम्झौताले जलवायु परिवर्तनका एजेन्डालाई बढी चर्चामा ल्याएको छ । तर, कोभिड–१९ भने सन् २०२० सँगै देखाप¥यो र तुरुन्तै संसारभरि फैलियो । पछिल्ला तीन दशकमा जलवायु परिवर्तनजस्तो विश्वव्यापी एजेन्डामा जति अन्तर्राष्ट्रिय बहस र छलफल भयो त्योभन्दा बढी बहस र छलफल तीन महिनाअगाडि मात्र देखापरेको कोभिड–१९ को बारेमा भएको छ ।

यदि कोभिड–१९ र जलवायु परिवर्तनका प्रकृति र विस्तार तथा यी दुवै समस्याका कारण र परिणामलाई एकै ठाउँमा राखेर विश्लेषण गर्ने हो भने एउटै व्यवस्थापनबाट दुवै समस्याको समाधान गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ । त्यसका लागि यी दुवै समस्याका समानता र भिन्नताबारे बुझ्नुपर्ने हुन्छ ।

पहिला समानताको पक्ष हेरांै । कोभिड–१९ र जलवायु परिवर्तन दुवैले सुरुमा मानव शरीरमा नै धक्का दिने र क्रमशः सामाजिक र आर्थिक क्षेत्रमा कब्जा जमाउँदै गएको देख्न र अनुभूति गर्न सकिन्छ । जलवायु परिवर्तनले पार्ने प्रभाव अलि बहुआयामिक छन् भने कोभिड–१९ का प्रभाव बढी मानसिक र मनोवैज्ञानिक प्रकृतिका छन् । यी दुवै समस्याको अच्चमको संयोग के देखिन्छ भने जुन जुन देश धनी र सम्पन्न छन्, जजसले इतिहासमा हरितगृह ग्याँस उत्सर्जन बढी गरेका छन् र जलवायु परिवर्तन हुनमा ती देशको भूमिका बढी छ भनेर हामीले भन्दै आएका पनि छौं, आज तिनै देशमा कोभिड–१९ को प्रकोप बढी देखिएको छ । यो सामान्य पृष्ठभूमिमा यी दुई समस्याबीच कतै घनिष्ट अन्तर्सम्बन्ध त छैन एउटा शंका उब्जिएको छ । जुन देशले भौतिक विकासमा फड्को मरेका छन्, उच्च प्रविधिको प्रयोग गरेका छन्, प्राकृतिक स्रोतसाधनको व्यापक उपभोग गर्दै आएका पनि छन्, आज तिनै देशमा कोभिड–१९ आक्रामक रूपमा फैलिनु र बढी मानिसको मृत्यु हुनाले एकपटक सबैलाई झस्काएको अवस्था छ ।

कोभिड–१९ र जलवायु परिवर्तनको अर्को समान गुण भनेको सर्वव्यापी छन् । जलवायु परिवर्तनको असर संसारभरि अनुभूति गरिँदै आएकोमा कोभिड–१९ केवल तीन महिनामा नै विश्वभरि फैलिएको छ । कोभिड–१९ र जलवायु परिवर्तनले असर नगरेको संसारमा न कुनै मानिस छ न कुनै ठाउँ छ, जहाँ मानिस शान्तिपूर्वक बाँच्न सकोस् ।

कोभिड–१९ र जलवायु परिवर्तनका असर र प्रभाव यति चलायमान र बहुआयामिक छन् कि आउँदा दिनमा यी दुवै समस्याले एउटै समयमा आक्रमण गर्ने सम्भावना बढेर गएको छ । गत साता सोलोमान टापु र भनौतुमा जुन सामुद्रिक आधि आयो, त्यहाँका मानिस एकैपटक दुवै समस्याको चपेटामा परे । अब भोलि हामीलाई पनि त्यस्तै समस्या नपर्ला भन्ने छैन ।

यी दुवै समस्याका असर र प्रभाव र तिनका कारण जे भए पनि दुवै समस्याको एउटा साझा समाधान के देखिँदै छ भने स्रोत र साधन सम्पन्न स्वास्थ्य उपचार पद्धतिको सुनिश्चितताले मात्र यी दुवै समस्याबाट मुक्त पाउन सकिन्छ । यस्तो अवस्थामा नेपालजस्तो आर्थिक र सामाजिक मात्र होइन, विज्ञान र प्रविधिमा समेत कमजोर राष्ट्रले मानिसको स्वास्थ्य र सरसफाइलाई जलवायु परिवर्तनका जोखिममध्ये एउटा महŒवपूर्ण जोखिमका रूपमा लिई कोभिड–१९ नियन्त्रण भइसकेपछिको अवस्थामा पनि निरन्तरता दिई अगाडि बढ्नुपर्ने देखिन्छ । जुन तथ्यलाई राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले समेत आत्मसाथ गरेको छ ।

यी दुवै समस्याको अर्को समान पक्ष के हो भने दुवै समस्याका जोखिम न्यूनीकरणका लागि तुरुन्तै काम गर्नुपर्ने तर नतिजा दीर्घकालमा मात्र पर्याप्त हुने देखिन्छ । उदाहरणका लागि दीर्घकालमा आफ्नो अर्थ व्यवस्था नखस्कोस् र आपूर्ति चेन नटुटोस् भनेर कति राष्ट्रले राहातका प्याकेज ल्याएका छन् । कति राष्ट्रले आफ्नो देशको अर्थ व्यवस्थालाई जीवन्त राख्न र आपूर्ति चेन नटुटोस् भनेर नगद नै वितरण गरेको उदाहरण पनि छ । यी दुवै समस्याको प्रकृति हेर्दा ‘ट्रयाजेडी अफ कमन्स’मा एउटा व्यक्तिको कारणले सार्वजनिक स्रोतको ह्रास भएजस्तो छ । यदि राष्ट्रिय स्वार्थ र सीमाभन्दा माथि उठी साझा लक्ष्य, आपसी समन्वय र सहकार्यका साथ कार्य नगर्ने हो भने मानवता नै संकटमा पर्ने सक्ने सम्भावना छ ।

कोभिड–१९ र जलवायु परिवर्तनबीच आधारभूत भिन्नता के छ भने पहिलोले आकस्मिक र अविवेकी तर एकनास तरिकाले सिधै मानिसलाई आक्रमण गरेको छ भने पछिल्लो बिस्तारै, लामो समयको सञ्चयका साथ त्यो पनि ठाउँअनुसार भिन्नभिन्न तरिकाले मानिसलाई आक्रमण गरेको देखिन्छ । त्यस्तैगरी, कोभिड–१९ र जलवायु परिवर्तनका असर र प्रभाव एकै प्रकृतिको भए पनि दुवै समस्याको समय मापन भने फरक छ । कोभिड–१९ को असर र प्रभावलाई मापन गर्दा दैनिक, साप्ताहिक र महिनामा मापन गर्ने गरिएको छ भने जलवायु परिवर्तनको प्रभावलाई वार्षिक, दशक र शताब्दीमा मापन गर्ने गरिन्छ ।

जलवायु परिवर्तन हुनमा जुन देशको भूमिका बढी छ, आज तिनै देशमा कोभिड–१९ को प्रकोप बढी देखिएको छ

कोभिड–१९ र जलवायु परिवर्तनबीच केही समानता र केही भिन्नता भएको पृष्ठभूमिमा यी दुवै समस्यालाई आउँदा दिनमा कसरी सम्बोधन गर्न सकिन्छ ? अहिलेको अहं पक्ष त्यही हो । यहाँनेर हामीले बुझनुपर्ने र समयमा नै सचेत हुनुपर्ने एउटा महŒवपूर्ण पक्ष के छ भने कोभिड–१९ देखापर्नुभन्दा अगाडि अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तनसम्बन्धी बहस र छलफल गर्दा धनी राष्ट्रले हरितगृह ग्याँस उत्सर्जन गर्नाले गरिब राष्ट्र बढी मारमा परेको भनेर धेरै समय व्यतित भएको अवस्था थियो । विज्ञानले पनि त्यही भनेको र एकहदसम्म धनी राष्ट्रले समेत स्वीकार गर्दै आएका थिए । तर, कोभिड–१९ को आजसम्मको अवस्था, यसको प्रभावसमेतलाई आँकलन गर्दा त्यो तर्कले भविष्यमा काम नगर्न पनि सक्छ किनभने कोभिड–१९ ले धनी र विकसित भनिएका देश नै बढी मारमा परेको अवस्था छ ।

त्यसो भए नेपालले के गर्ने त ? यो लेख तयार गर्दाको समयसम्म नेपालमा कोभिड–१९ बाट १६ जना मानिस संक्रमित भएको तथ्यांक छ । एक जना निको भएर घर फर्केका छन् । नेपाल सरकारले लिएको नीति मुख्य गरी लक्डाउनको अनुरोधलाई जनताले राम्रो साथ दिएको अवस्था छ । छिमेकी देशको कोरना संक्रमणको तथ्यांकसँग तुलना गर्दा नेपाल अझै सुरक्षित नै देखिन्छ । तर, भारतको जनसंख्या र नेपालसँगको खुला सिमानालाई मध्यनजर गर्दा ढुक्कसँग बस्न सक्ने अवस्था भने छैन । कोभिड–१९ को औषधि आविष्कार गर्न धेरै देशका अनुसन्धानकर्ता त लागेका छन् तर कसले र कहिले पत्ता लगाउने हो केही भन्न सक्ने अवस्था छैन । अहिले नेपाललगायत सबै राष्ट्रले कोभिड–१९ रोकथामको एउटै उपाय अपनाउँदै आएका छन्, त्यो उपाय भनेको लकडाउन नै हो । तर, सबै जना लकडाउनमा घरभित्र बसेपछि उत्पादन कसले गर्ने हो र आपूर्ति चेन र समग्र अर्थ व्यवस्थालाई कसरी जीवन्त राख्ने हो, नेपालका लागि सबैभन्दा ठूलो चुनौती थपिएको छ ।

अब कोभिड–१९ लाई जित्ने हो भने प्रतिरोधात्मक उपाय अपनाउँदै सरकार, निजी क्षेत्र र नागरिक समाज मात्र होइन, प्रत्येक व्यक्तिले खाद्य सुरक्षामा विशेष लगानी गर्नुपर्ने हुन्छ । त्यो भनेको आआफ्नो क्षमताअनुसार खेतबारी र करेसाबारीमा तरकारी, फलफूल र अन्नबाली लगाउनु हो । खाद्य सुरक्षाले मात्र कोभिड–१९ बाट मुक्ति पाउन सकिन्छ । प्रत्येक मानिसको रोगसँग जुध्न सक्ने क्षमताको निर्धारण भनेको उसले सेवन गर्ने खानाको गुणस्तर नै हो । जलवायु परिवर्तनका जोखिमसँग जुध्नका लागि पनि पोषिलो खाना नै चाहिन्छ । हाम्रा तथ्यांकले के देखाउँछ भने नेपाल खाद्य सामग्रीमा आत्मनिर्भर छैन । हरेक वर्ष प्रशस्त मात्रामा दाल, चामल, गेडागुडी र बनाबटी खाना विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा हामीले अहिले कोभिड–१९ को कारण गाउँमा फर्केका मानिसलाई आआफ्नो खेतबारीमा मौसमअनुसारको तरकारी, फलफूल र मौसमअनुसारको अन्नबाली लगाउन प्रेरित गर्नसक्नुपर्दछ । हुन त हालै कृषिमन्त्रीले किसानलाई विशेष प्रथामिकता दिने नीति ल्याउनुभएको छ । अहिलेको आवश्यकता भनेको त्यसको प्रभावकारी कार्यान्वयन नै हो । राज्यले यसमा प्रस्ट वचन दिएर यदि किसानले आफूले उब्जाएको अन्नबाली आफूले उपभोग गरेर बेचेको छ र बेच्न चाहन्छ भने राज्यले उपयुक्त मूल्य दिएर किन्ने छ भनि शतप्रतिशत प्रत्याभूति गर्न सकियो भने मानिसहरू कृषि पेसाप्रति आकर्षित नहोलान् भन्न सकिँदैन ।

त्यस्तैगरी, कोभिड–१९ को महामारी र जलवायु परिवर्तनको जोखिमलाई एकसाथ जित्ने हो भने वातावरण र जैविक विविधता संरक्षण एउटा अनिवार्य सर्त हो भन्नेमा दुईमत देखिएन । हुन त नेपाल यसभन्दा अगाडि नै यो क्षेत्रमा एउटा अग्रणी मुलुकको रूपमा परिचित पनि छ । देशको कुल भूभागको ४४.७४५ वन क्षेत्र र २३.४५ संरक्षित क्षेत्र कायम गर्न सक्नु आफंैमा गौरवको विषय हो । समुदायमा आधारित वन व्यवस्थापन प्रणाली एउटा पहिचान नै बनिसकेको छ । तर, वनबाट पर्याप्त फाइदा लिन सकिएन भने क्षेत्रफल मात्र धेरै भएर मात्रा केही हुनेवाला छैन । त्योभन्दा पनि बढी नेपालमा जति पनि वन्यजन्तु र वनस्पतिको विविधता छ त्यसलाई बचाएर राख्न सक्नु हाम्रो लागि ठूलो चुनौती छ ।

भोलिका दिनमा जलवायुजन्य जोखिममा परेका मानिस अस्पताल भर्ना हुन आए भने हाम्रो क्षमताले धान्न सक्ने देखिँदैन

हालै अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धान कर्ताले जनावारका विभिन्न प्रजातिमाथि मानव समुदायले गरेको हस्तक्षेपबारे अध्ययन गरेर वन्यजन्तुमाथि तीव्र मानव हस्तक्षेपले कोभिड–१९ जस्ता भाइरस बढ्न सक्ने र महामारी फैलिन भनी आंैल्याएका पनि छन् । हाल नेपालमा भएका जैविक विविधतालाई मात्र बचाउन सकियो भने पनि नेपालीको रोगसँग जुध्न सक्ने क्षमता बलियो रहिरहने सम्भावना छ ।

कोभिड–१९ ले गर्दा अहिले हामी सबै लकडाउनमा घरमा बसेका छांै । अब बिस्तारै पानी पर्ने मौसम अर्थात् वर्षा सुरु हुने बेला आएको छ । गर्मी पनि बढ्दो छ । निकट भविष्यमा एकातिर गर्मीले र अर्कोतिर अतिवृष्टिसँगै बाढीपहिरो र डुबानले गर्दा धेरै मान्छे बिरामी हुने र अस्पताल भर्ना हुने सम्भावना रहन्छ । यसै त सीमित मात्रामा रहेका अस्पतालमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको अपुग भएको अवस्था छ । भोलि जलवायुजन्य जोखिममा परेका मानिस अस्पताल भर्ना हुन आए भने हाम्रो क्षमताले धान्न सक्दैन ।

अन्त्यमा, आगामी दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थ व्यवस्था चरम आर्थिक संकट र असमानताबाट गुज्रने छ । खुला अर्थव्यवस्थाले निजी क्षेत्रलाई प्रचुर अवसर दिएको भए पनि कतिपय शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा निजीक्षेत्र राज्यको पकडभन्दा बाहिर गएको विगतको तीतो अनुभव हामीसँग छ । कतिसम्म भने कतिपय निजीक्षेत्रलाई राज्यले नियमन पर्नेमा उल्टै निजी क्षेत्रले राज्यलाई नियन्त्रण गर्न पुगे । विगतबाट पाठ सिक्दै आगे दिनमा जनताका आधारभूत आवश्यकतासँग प्रत्यक्ष जासो राख्ने मुख्य गरी खाद्य सुरक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा राज्यको उपस्थितिलाई बलियो पार्नुको विकल्प देखिँदैन । यदि त्यसो गर्न सकिएन भने कोभिड–१९ र जलवायुजन्य जोखिम त अहिले हामीले प्रतक्ष्य सामना गरेका चुनौती हुन् । भोलिका दिनमा खाद्य संकटलगायत जलवायुजन्य जोखिम र रोगव्याधिका थप समस्या नआउलान् भन्न सकिँदैन । तसर्थ, कोभिड–१९ र जलवायुजन्य जोखिमलाई सँगसँगै व्यवस्थापन गर्न सकिनेगरी खाद्य सुरक्षा र स्वास्थ्यको क्षेत्रमा थप लगानी गर्न पहल हुनुपर्ने देखिन्छ । त्यसो गर्न सक्यांै भने मात्र हामीले कोभिड–१९ र जलवायु परिवर्तनका जोखिमलाई एकसाथ न्यूनीकरण र नियन्त्रण गर्न सक्नेछौं । समग्रमा, हाम्रो जलवायु परिवर्तनसँग जुध्न सक्ने क्षमता बढ्नेछ, देशको अर्थ व्यवस्था खस्किनबाट जोगिनेछ र भविष्यमा थप संकट आयो भने पनि सजिलै सामना गर्न सक्ने आत्मविश्वास बढेर जानेछ ।
(लेखक जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख हुन् ।)

(Visited 1,265 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

निषेधाज्ञासँगै गरिनुपर्ने थप तयारी

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएपछि यसले अरू केही महिना निषेधाज्ञा लम्बिने संकेत गरेको छ । यस अवधिमा कोरोना महामारीको संक्रमण जारी नै रहने...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका...

ट्रेन्डिङ

भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दा बढीको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका...

सागका स्वर्णधारी नगदसहित सम्मानित

काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागले पहिलो चरणमा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगदसहित सम्मानित गरेको छ । पार्टी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)