पोखरा । सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ । लामो समयदेखि उनी फोक्सोको रोगबाट पीडित भए । बेलाबेलामा उपचार हुँदै आएकोमा अन्ततः शनिबार उनले यो धर्तीबाट बिदा लिएका हुन् ।
उनको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकालीले बताए । ५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन् । उनको नेपालमा पोखरा ८, नागढुंगामा घर छ ।
पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित मिमाअस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अष्ट्रेलियामै बसोबास गर्दै आएका थिए । फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अष्ट्रेलियामा बिस्तार गरेकोमा शाखामा उनी संस्थापक अध्यक्ष भइ सेवा गर्दै आएका थिए । उनको मूल घर हिमालपारिको जिल्ला मुस्ताङ हो ।
तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)