सुन्दरीजलमा मजदुरी गर्ने युवतीको हत्या

काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोषराम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव फेला परेको थियो । उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला रहेको प्रहरीले जनाएको छ ।

उनले भने, ‘सुरुमा नामसहितका विवरण नखुले पनि प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका हुन्, उनी सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ ।’ यद्यपि, हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन