धनगढी उपमहानगरद्वारा कटान र डुबान रोक्न जैविक तटबन्ध

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बाढीबाट हुने कटान र डुबान रोक्न खुटिया नदीमा जैविक तटबन्ध गर्न सुरु गरेको छ ।

खुटिया नदीमा वर्षेनी आउने बाढीबाट धनगढीलगायत क्षेत्र डुवान र कटानबाट प्रभावित हुने भएपछि उपमहानगरले जैविक तटबन्धको कामको सुरुवात गरेको हो ।

बाढीबाट वर्षेनी हुने डुबान र कटानलाई मध्ये नजर गर्दै मंगलबारबाट वडा नम्बर ७, १२, १५ र १७ भएर बग्ने खुटिया नदीको किनारमा चाँप प्रजाती बाँस, अम्रिसो, नेपियर बोट लगाएर जैविक तटबन्ध गर्न थालेको धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले बताए ।

चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले नदीको किनार ३० किलोमिटर क्षेत्रमा ६ हजार बाँस, ६ हजार ६ सय अम्रिसो र ६ हजार ६ सय नेपियरका बिरुवा रोपेर जैविक तटबन्धको सुरुवात गरेको नगर प्रमुख हमालले जानकारी दिए ।

जैविक तटबन्धबाट भूक्षय रोकिनुका साथै पर्यावरणमा स्वच्छता आउने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार बाँसका बोट बढेपछि स्थानीय समुदायलाई बाँसबाट उत्पादन हुने वस्तु निर्माणको सीप दिएर बजारीकरण गरिने छ । त्यसबाट स्थानीयबासीको आर्यआर्जनमा वृद्धि भइ ग्रामीण क्षेत्रको अर्थतन्त्रमा टेवा पुग्ने छ ।

उपमहानगरका वातावरण अधिकृत अशोक अवस्थीले सो तटबन्ध धनगढी उपमहानगरपालिका र जीआईजेडको ग्रेप परियोजनाको सँयुक्त साझेदारीमा १७ लाखको लागतमा गर्न लागेको बताए ।

उनले भने, ‘जैविक तटबन्धका लागि बोट रोप्ने काम सुरु भइसकेको छ । केही दिनमै सो कार्य सम्पन्न हुने छ ।’

स्थानीयले जैविक तटबन्ध भएपछि वातावरण स्वच्छता हुनुका साथै कटानबाट जोगिन सहयोग पुग्ने स्थानीयले बताएका छन् । खुटिया नदीमा आउने बाढीले वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद