आजपाको निर्णय कार्यान्वयन गर्ने आईटी आर्मी बाराको निर्णय

कलैया । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको बारा जिल्ला कमिटी पुनर्गठन भएको छ । मानन्धर यादवको अध्यक्षतामा ४७ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

श्याम विक इन्चार्ज र सुनिताकुमारी देवी सहइन्चार्ज रहेको कमिटीको उपाध्यक्षमा शोनी शर्मा, बिनोद पासवान, अरुण चौधरी, सचिवमा छोटेलाल कुशवाहा, सहसचिवमा अरुण यादव, दिपेन्द्र साह, शेषनाथ यादव र कोषाध्यक्षमा मिन्ता कुशवाहा रहेका छन् ।

यसैगरी सदस्यहरुमा रफिक हवारी, शैलेन्द्र साह, शिवनन्दन कुशवाहा, मनि कुशवाहा, संदिप कुशवाहा, संदिप साह, जितेन्द्र यादव, संजिव साह, बिनोद कुशवाहा, कृष्ण साह, रवि साह, रन्जन चौरसिया, रुपेश चौरसिया, उमेश कुशवाहा, रामअयोध्या कुशवाहा, मुकेश साह, सन्तोष साह, अर्जुन साह, महम्मद समुल्लाह दरजी, सुजिता पासवान, त्रिलोकी सहनी लगायतका रहेका छन् ।

आईटी आर्मीले आजपा मधेस प्रदेश कमिटीद्धारा आम शैक्षिक हडताल सहितका पार्टीको कार्यक्रम सफल बनाउँने निर्णय समेत गरेको छ । बिद्यार्थीको अनुपातमा सरकारले बिषयगत र तहगत शिक्षकको व्यवस्था नगरेकाले आजपा मधेस प्रदेश कमिटीले आम शैक्षिक हडतालको घोषणा गरेको र त्यसलाई बारा जिल्लामा प्रभावकारीरुपमा अगाडी बढाउने आईटी आर्मी बाराका अध्यक्ष यादवले जनाएका छन् ।

आजपा मधेस प्रदेश कमिटीले हालै मधेसमा बिद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै शैक्षिक आम हडतालका साथै चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सो आन्दोलनलाई प्रभावकारी बनाउँन आईटी आर्मीले योजना बनाएर अगाडी बढने उनले बताए ।

लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र शासनसत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको निर्देशन कार्यान्वयन गर्दै संगठन निर्माण, पुनर्गठन, आन्दोलनका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा चरणबद्ध रुपमा अगाडी बढाउँने अध्यक्ष यादवले बताए ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढदै गईरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरुको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको बिकल्प नभएको पार्टीको निर्णयलाई बारा जिल्लामा समेत प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले बताए ।

आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने