Saturday, July 24, 2021
Homeप्रमुखपश्चिमी वायुको प्रभाव : तीन दिन बदलीसँगै वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : तीन दिन बदलीसँगै वर्षाको सम्भावना

,

काठमाडौं । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुनसक्ने देखिएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका मध्य र पूर्वका केही स्थनका साथै पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ । रातको समयमा पनि देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्च्मिी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघर्जन, चट्याङ÷असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । भोलि आइतबार पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ ।

पहाडी भेगका केही स्थानमा साथै तराईका एक, दुई स्थानमा मेघगर्जन, चटयाङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । रातिको समयमा पनि यो क्रम जारी रहनेछ । त्यस्तै वैशाख ८ गते पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र अपराह्नपश्चत पहाडी भूभागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो मौसमी विवरणअनुसार आज काठमाडौँको अधिकतम तापक्रम २७ दशमलव आठ र न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस छ । बितेको २४ घण्टामा काठमाडौँमा चार मिलीमिटर वर्षा भयो । सबैभन्दा बढी सिमरामा ४४, पोखरामा २५ मिलीमिटर वर्षा भएको छ । ओखलढुङ्गामा छ, धनकुटाम तीन र धनगढीमा सात मिलीमिटर वर्षा भएको छ ।

Loading comments...

आजको समाचार

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

साताका लोकप्रिय समाचार

मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा

काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका...

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

  दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई...

ट्रेन्डिङ

उत्कृष्ट निर्देशक सरोज खनाल

काठमाडौं । नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी...

न्यायाधीशमा कोरोना देखिएपछि सर्वोच्चमा एकल इजलास मात्र सञ्चालन

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?