दैलेख । नारायण नगरपालिका–५ स्थित महेन्द्र माध्यमिक विद्यालयमा बक्तृत्वकला प्रतियोगीता प्रतियोगिता गरिएको छ । नारायण नगरपालिकाको समन्वय आवाजÞ संस्थाको आयोजना, टि पिओ नेपालको सभागीतामा बालबाकिाहरुमा जलवायु परिर्वतन प्रभाव सम्बन्धी वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
प्रतियोगीतामा प्रथम अर्जुन कटुवाल दितिय कौशीला जैसी तृतिय जिया थापामगर भएको आवाजÞ संस्थाका मनोसामाजिक कार्यकर्ता सम्झना कुमारी खत्रीले जानकारी दिइन् ।प्रतियोगीतामा बिजयी हुने बिद्यार्थीहरुलाई प्रथम, दितिय र तृतिय हुने बिद्यालयहरुलाई पुरस्कार बितरण गरिएको उनले बताइन् ।
यस्तै सहभागीहरुले जलवायु परिवर्तनमा हाम्रो दायित्व शिर्षकमा रचनात्मक प्रस्तुति राखेका टि पिओ नेपालकी मनोबिमर्शकर्ता उर्मिला बिशीले बताइन् ।उनले विभिन्न कारणले जलवायु परिर्वतन भइरहेकाले सबै क्षेत्रका नागरिकले सुरक्षित हुनेतर्फ ध्यान उदेश्यले जलवायु परिर्वतन सम्बन्धी बक्तृत्वकला आयोजना गरिएको उनले जानकारी दिइन् ।
सहभागीहरुले लामो समयसम्म स्थिर हुनुपर्ने जलवायु अनपेक्षित रुपमा हालसम्म परिवर्तन आउन नसएको बताएका छन् ।