कलाकारहरु जिम्मेवारीबाट पन्छिएको टिप्पणी

काठमाडौं । नेपाली चलचित्रमा कलाकारहरुको भूमिका बिगतको तुलनामा बदलिन थालेको समबन्धित कलाकारले बताएका छन् । पछिल्लो समय कलाकारले आफुलाई निकै दिनको तयारी गरेर चलचित्रमा ठेट पात्रको रुपमा उतार्ने गरेको सिनेकर्मीहरुको कथन छ । तर छायाँकनपछि उनीहरु चलचित्रको प्रचार प्रसारमा आफ्नो जिम्मेवारीबाट पन्छिन थालेको पनि कलाकारहरुले बताएका छन् ।

नेपाल चलचित्र कलाकार संघको ३६औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोडमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यस्तो भनाई राखेका हुन् ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सो अन्तरक्रियामा बोल्दै नेपाली चलचित्रका कलाकारहरुले चलचित्र प्रदर्शनको समय प्रचारप्रसार र प्रवद्र्धनमा सहयोग नगरेको गुनासो पोखे । पछिल्लो समय कलाकारहरुले आफैले स्टार स्वघोषणा गर्ने क्रम मौलाएको खड्काले जिकिर गरे । निर्मातासँग महँगो पारश्रमिक लिएर चलचित्रको रिलिजमा कलाकारहरुले प्रचार प्रसारसमयमा साथ नदिने गरेको उनले बताए ।

अभिनेत्री बसुन्धरा भुषालले सामाजीक यथार्थलाई बोध गरी निर्माताको लगानीलाई उठाउन कलाकारले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्छ भनिन्,‘कलाकारले चलचित्र क्षेत्रको प्रवद्र्धधन त परै जाओस्, आफूले अभिनय गरेको चलचित्रको प्रवद्र्धधनमा समेत ध्यान दिनछोडेको गुनासो निर्माताबाट सुन्नु पर्दा दुःख लाग्छ । यो भनेको कलाकार आफ्नो उत्तरदायित्वबाट पन्छिनु हो ।’ कलाकारिता क्षेत्रलाई कलाकार संघले संगठित गर्दै आएको पनि उनले बताईन् ।

कलाकार संघका बरिष्ठ उपाध्यक्ष शिवहरी बैरागीले कार्यक्रममा सबैलाई स्वागत गर्दै बिगतको तुलनामा चरित्रको लागि कलाकारहरुले बढी नै मेहनत गर्न थालेको बताएका छन् ।

अग्रज चलचित्र कलाकार नीर शाहले सैद्धान्तिक र दार्शनिक दृष्टिकोणमा आधारित रहेर चलचित्र निर्माणमा जोड दिए । मौलिक नेपाली चलचित्र निर्माणमा पनि उनले जोड दिए,‘हामी के प्रभावमा परेकाछौ, त्यो बुझेपछिमात्र अभावबाट मुक्त हुनसक्छौँ,’ नीर शाहले भने । उनले चलचित्रको प्रचारमा कलाकारले समय नदिएको भन्दा पनि समय व्यबस्थापन गरेर कलाकारलाई प्रचार प्रसारको लागि लैजानु पर्छ भने ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले संघको इतिहासदेखि वर्तमानसम्मको अवस्था, समस्या र गतिविधिहरुको वारे कार्यक्रममा प्रकाश पारे । कलाकारहरुको क्षमताविकास, स्वास्थ्यअवस्था र पेशाकर्मीको सुरक्षा र अधिकारको लागि संघ लाग्दै आएको उनले दाबी गरे । पछिल्लो समय सरकारलाई स्वदेशी चलचित्रको प्रवद्र्धन हुने गरि राष्ट्रिय चलचित्रको पक्षमा काम गर्न र कानून निर्माण गर्न चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय र सम्बन्धित पक्षलाई निरन्तर आह्वान र खबरदारी गर्दै आएको पनि अध्यक्ष निरौलाले बताए ।

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले छिट्टै चलचित्र विधेयक र चलचित्र नीति पास गर्ने गरि प्रक्रिया शुरु गरेको बताए । बहुबर्षिय योजनामा बनेपा फिल्म स्टुडियो निर्माण गर्ने भनिएतापनि आफ्नै कार्यकाल भित्र निर्माण सकिने गरि काम शुरु गर्न लागेको पनि अध्यक्ष डिसीले बताए ।

कार्यक्रममा चलचित्र बिकाश बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले कलाकारहरुले आफ्नो असल भूमिका समाउनमा पनि प्रत्यक्ष निभाउनु पर्छ भने ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णयबिनै माओवादी र एकीकृत समाजवादीबाट उम्मेदवार सिफारिस