अबिरल वर्षासँगैको पहिरोले राजमार्ग अवरुद्ध

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ तुफानडाँडाको निर्माण व्यवसायी संघको भवन अगाडी खसेको पहिरो । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । बुधबार रातिदेखि लगातार भइरहेको अबिरल वर्षासँगै खसेको पहिरोले सुदूरपश्चिम प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । सुदूरपश्चिमका सात पहाडी र दुई तराईका जिल्ला जोड्ने महाकाली राजगर्माको भिमदत्त राजमार्ग पहिरोले अवरुद्ध भएको छ ।

यस राजमार्गको डडेल्धुरा जिल्लामा पर्ने गन्यापधुरा गाउँपालिका १ महाभारत पर्वत श्रृंखलाको शाहुखर्कमा पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम तुफानडाडा–बाघखोरको बिचभागमा पनि पहिरो खसेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दिपक कार्कीका अनुसार भीमदत्त राजमार्गको साहुखर्क र जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ५ स्थित निर्माण व्यवसायी संघको भवन अगाडी पहिरो पहिरो खसेको छ । साहुखर्क र तुफानडाडा नजिक पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

यस्तै डडेल्धुरा–डोटी जोड्ने सोती राजमार्गको केआइसिंह राजमार्ग खण्ड पनि पूर्ण रुपमा बन्द भएको छ । यस राजमार्गको रडुवामा पहिरो खसेको छ । डोटीको बुडरदेखि डडेल्धुराको भित्रिमधेश क्षेत्र जोगबुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द छ । आलिताल गाउँपालिका ८ स्थित सुनखोलाको मोडमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षीत रुपमा यात्रा गर्न आग्रह गरेको छ । यसैगरि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ ।

यस राजमार्ग अन्तरगत छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो खसेपछि बझाङ जिल्लाबाट आउजाउ गर्ने यातायात अवरुद्द भएको हो । पहिरोमा खसेका ठुला ढुङ्गाले बिजुलीको तार चुडेर सेती नदीमा पुगाएपछि बझाङको विद्युत सेवा पनि अवरुद्द भएको छ ।

डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बिहीबार रातिदेखि बिद्युत सेवासमेत अवरुद्ध भएको छ । लगातारको वर्षा, सडक अवरुद्ध र बिद्युत लाईन नहुदा यहाँको जनजीवन कष्टकर बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी