Monday, May 17, 2021
Home अर्थ काेराेना प्रभाव : खेर गयो ६० लाख केजी हरियो चियापत्ती

काेराेना प्रभाव : खेर गयो ६० लाख केजी हरियो चियापत्ती

,

झापा । झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि यहाँका बगानमा उत्पादित उक्त परिमाणका हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

“चिया टिप्न नपाउँदा पत्ति हुर्किएर गएको छ”, उनले भने “जसका कारण किसानले ठूलो नोक्सान बेहोर्नु परेको छ ।” साधारणतः प्रतिकेजी रू २० का दरले हिसाब गर्दा पनि किसानले रू १२ करोड बराबरको क्षति भएको उनको भनाइ छ । इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको चिया अधिकृत अधिकारीले जानकारी दिए । “पहाडी जिल्लामा १० दिन अघिदेखि चिया टिप्न थालिएकाले धेरै नोक्सान हुन पाएन”, उनले भने । झापामा १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ ।

साना किसान चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्ण कार्कीले अहिले सबैभन्दा धेरै साना चिया किसान मर्कामा परेको बताए । “पाकेको बाली भित्र्याउने अवस्था छैन”, उनले भने “त्यसमा अझ ज्यान जोगाउनुपर्ने छ ।” अहिलेको मुख्य चुनौती कोरोना भाइरस सङ्क्रमण फैलिन नदिनु भएकाले चियाको व्यवस्थापन पछि सरकारले किसानलाई राहत दिनुपर्नेमा जोड दिए । पत्ति हुर्किएर खेर जाने अवस्था आए पनि बगानमा काम लगाउन नसकिएको उनको भनाइ छ । “काम गर्नेलाई केही भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने ?”, उनले भने “त्यसैले अहिले के गर्ने, नगर्ने भन्ने विषयमा साना चिया किसान ठूलो समस्यामा छन् ।” झापामा तीन हजार साना चिया किसानले चिया खेती गर्दै आएका छन् ।

चिया उत्पादक संघका केन्द्रीय सल्लाहकार चण्डी पराजुलीले ‘फस्टफल्ड’ को हरियो चियापत्ति ९० प्रतिशत नोक्सान भइसकेको बताए । “राम्रो दाममा बिक्री हुने राम्रो चिया पत्ति लगभग खेर गएको छ”, उनले भने “केही बगानमा चिया काटेर फालिसकिएको छ, केहीमा काटिँँदैछ ।”

जिल्ला प्रशासन कार्यालय झापाको रोहवारमा चिया उत्पादक संघ र चिया मजदुर प्रतिनिधिबीच आइतबारदेखि बगान र कारखाना सञ्चालन गर्ने सहमति भएको छ । कामदारलाई मास्क, हातधन साबुन पानी, सामाजिक दुरी कायम गराएर सुरक्षित तवरबाट काम सुचारु गर्ने सहमति भएको पराजुलीले बताए । अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ का इञ्चार्ज भूपाल सापकोटाले कोरोना भाइरसको संक्रमणबाट बच्न तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्दै चिया बगान र कारखानाको काम नियमित गर्ने निर्णय भएको बताए ।

बगान तथा प्रशोधन कारखाना सञ्चालनका क्रममा तोकिएको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा भए/नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ । समितिमा चिया उत्पादक संघ, झापा उद्योग संघ र ट्रेड युनियनका प्रतिनिधि छन् ।

यसअघि स्थानीय प्रशासन चिया उद्योगी, मजदुर संघ–संगठनबीच भएको बैठकमा चिया बगानमा सिँचाइ गर्ने, विषादी छर्किने, नाला सफा गर्ने, ठूलो भएको चिया स्किपिङ गर्ने र कारखाना मर्मत गर्ने काम अघि बढाउने विषयमा सहमति भएको थियो ।

(Visited 153 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थले दिये ४ अर्ब रूपैयाँ

काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख...

ओली नेपालविच सिंहदरबारमा ‘वान टु वान’ वार्ता

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान टु वान’ छलफल शुरु...

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

साताका लोकप्रिय समाचार

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

यूएई र कुवेतद्वारा नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा...

सत्ता संकटको असर कोरोनामा ?

  तनावरहित स्वच्छ मानसिकतामा गरिने कार्य निश्चय नै परिणाममुखी हुन्छ । व्यक्तिमा निहित स्वच्छताजस्तै सकारात्मक सोच र उच्च मनोबलयुक्त व्यक्तिको सामूहिक सहकार्यमा सञ्चालित राज्यसत्ताका काम...

ट्रेन्डिङ

कालीगण्डकी किनारमा महिलाको शव फेला

बलेवा । कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी...

पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

इस्लामावाद ।  विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण पाकिस्तानमा पनि अत्यधिक बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमितहरु भेटिएको...

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौँस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग...

मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । विष्णु पौडेललाई अर्थ...

नेपाल–भारत बैठक : पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न सहमति

काठमाडौं । नेपाल–भारत पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न दुवै पक्ष सहमत भएका छन् । दुई देशबीच भएको व्यापारिक पारवहन वार्तामा नेपाल पक्षले...

नेकपा: जे हुनु थियो त्यही भयो

नेपाली राजनीतिका करिब सात दशक विभिन्न किसिमका राजनीतिक क्रान्ति, जनआन्दोलन, प्रतिक्रान्ति, सत्याग्रह, जनयुद्ध एवं राजनीतिक ‘कु’ हँुदै आजको विषम परिस्थितिमा आइपुगेको छ । यो...

खै प्रशासन कार्यालयमा सामाजिक दुरी ?

डडेल्धुरा । डडेल्धुरा जिल्ला प्रशासन कार्यालयमा सामाजिक दुरीको धज्जी उडाएको छ । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सरकार दोस्रो पटक लकडाउन थप्ने मनस्थितिमा पुगेको...

मनाङमा पहिलो पटक संक्रमित भेटिए, गण्डकीमा एकैदिन ४२ जनामा संक्रमण

पोखरा । हिमालपारीको जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमण देखिएको ४ महिनासम्म मनाङमा पहिलो पटक संक्रमित भेटिएको हो...

रंगीन टिभीको आयात बढ्दो

वीरगन्ज । रेमिट्यान्सले अधिक खर्च धानेको मुलुकका जनताले चालू आर्थिक वर्षबाट ब्लाक एन्ड ह्वाइट टेलिभिजनलाई विस्थापन गरिदिएको छ । मुलुकको प्रमुख भन्सार...

गोकर्णेश्वर मेला स्थगितः मन्दिर पनि नखुल्ने

ललितपुर । यसपालीको पितृ औशीँमा काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर नखुल्ने भएको छ । नेपालको उत्तर गयाका रुपमा परिचित सो मन्दिरमा भाद्रकृष्ण औँसीका दिन भक्तजनको...

राज्यलाई ६ अर्ब रुपैयाँ नोक्सानी, गोकर्णको जंगल प्रधानमन्त्रीका प्रियलाई

काठमाडौं । लिच्छवीकालदेखि नै पवित्र उद्यानको रूपमा संरक्षण गरेर राखिएको गोकर्ण जंगललाई सुरुमा राणाहरूले सिकारस्थल बनाए । त्यसपछि पञ्चायतकालमा राजपरिवारले आफ्नो निजी स्वामित्वमा ल्याएर...

संवैधानिक निकायका पदाधिकारीले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)