उदयपुरमा पौडी खेल्न गएका राईको डुबेर मृत्यु

उदयपुर । अत्याधिक गर्मिका कारण पौडी खेल्ने क्रममा डुबेर उदयपुरको चौदण्डीगढी नगरपालिका– ९ लालाभित्तेका एक पुरुषको ज्यान गएको छ ।

शुक्रवार धेरै गर्मी भएपछि सिंचाईको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा चौदण्डीगढी नगरपालिका–९ लालाभित्तेका ६५ वर्षिय गोरेमान राईको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले जानकारी दिए ।

चौदण्डीगढी नगरपालिका– ९ का वडाअध्यक्ष प्रकाश राउतका अनुसार अत्याधिक गर्मीका कारण पौडी खेल्न राईको पौडी खेल्ने क्रममा गहिरोमा पुगेर बाहिर निस्कन नसकेर ज्यान गएको हो ।

मृतक राई २५–३० वर्षदेखि भारतमा बस्दै आएका थिए र एक वर्ष अघि मात्र लालाभित्तेमा आङ्खना दाजु सिताराम राईको घरमा बस्दै आएका थिए । स्थानीयका अनुसार राई अविवाहित थिए ।

घटनाको खबर पाउना साथ इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक बबिन राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । पोखरीबाट शव निकालेर पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार ल्याएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रोल्पामा चार पार्टीबीचको झडपमा कांग्रेस उम्मेदवार घाइते