महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी नाकामा रहेको महाकाली नदीमा दुई किशोर बगेर बेपत्ता भएका छन् । सनिवार बिहान करिब १० बजे तिर जिल्लाको भीमदत्त नगरपालिका–१२ ऐरिघाट स्थित महाकाली नदीमा दुई किशोर बगेका हुन् ।
उर्लिएको महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक इश्वर थापाले बताएका छ्न । उनका अनुसार आज बिहान भीमदत्त नगरपालिका–१२ का १८ वर्षीय सौरभ नेपाली र ओदालीका १६ वर्षीय अबि नेपाली दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन् ।
महाकाली नदिमा बगेका दुई मध्ये सौरभको शव दोधारा–चाँदनी झोलुङ्गे पुल नजिक किनारमा फेला परेको प्रहरीले जनाएको छ । महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय, आफन्त र ससस्त्र प्रहरी सहित नेपाल प्रहरी लगायत सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।