खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरपालिकाले एक आर्थिक वर्षभरि सञ्चालन गरेका योजना, कार्यक्रम तथा आय–व्ययको विवरण सार्वजनिक गरिएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार, नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ मा ७० करोड ५७ लाख २४ हजार ५८ रुपैयाँ बजेट विनियोजन गरेकोमा कुल बजेटको ८३.५४ प्रतिशत खर्च भएको छ । साथै, यसै अवधिमा १ करोड ५० लाख ९४ हजार ९३० रुपैयाँ राजस्व संकलन गरिएको जानकारी दिईएको छ ।
नगर प्रमुख विमला राईले सुशासन र पारदर्शिताको लागि हरेक अर्धवार्षिक र वार्षिक रूपमा सार्वजनिक सुनुवाइ गर्दै आएको बताउँदै, आगामी दिनमा प्रत्येक चार महिनाको अन्तरमा नगरपालिकाका गतिविधिहरू’bout सार्वजनिक सुनुवाइ गर्ने योजना रहेको उल्लेख गरिन् । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले गरेका थिए ।
उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवालाहरूले नगरपालिकाको बजेट तथा सेवा प्रवाह’bout प्रश्न गर्नुका साथै सुझाव दिएका थिए । राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नगर कमिटीका प्रतिनिधिहरूले आ–आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख राईले हरेक निकाय पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याउँदै, हलेसी तुवाचुङ नगरपालिकाको सार्वजनिक सुनुवाइको प्रयासलाई महत्वपूर्ण बताए । प्रमुख राईले भने, “कार्यक्रम र बजेट हेर्दा, विभिन्न निकायको मूल्याङ्कन हेर्दा हलेसी तुवाचुङ नगरपालिका संघीयता कार्यान्वयनमा अगाडि देखिएको छ ।”
सार्वजनिक सुनुवाई कार्यक्रमकै अवशरमा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन दिने उद्देश्यले एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र विद्यालयहरूलाई पुरस्कृत गरिएको छ । सबैभन्दा उच्च अंक (३.४० जीपीए) ल्याउने महेन्द्रद्वय माविकी छात्रा दया राईलाई नगद २० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
साथै, सर्वाधिक विद्यार्थी उत्तीर्ण गराएर नगरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः ५० हजार ४० हजार र २५ हजार नगदसहित सम्मानपत्रले सम्मानित गरिएको छ । सार्वजनिक सुनुवाइ र शैक्षिक प्रोत्साहनले नगरपालिकाको पारदर्शिता र जवाफदेहिता बढाउनुका साथै शैक्षिक गुणस्तर सुधारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।