काठमाडौं । विभिन्न १७ देशका तीन दर्जन चलचित्र तथा बृत्तचित्र प्रदर्शनगर्दै ‘चौथो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४’ काठमाडौंमा सम्पन्न भएको छ । यो महोत्सबमा चलचित्र प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रबीच विभिन्न अवार्डको लागि प्रतिस्पर्धा भएको थियो ।
जसमा अन्तराष्ट्रिय विधामा सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड नेपालबाट रौनक विक्रम कँगेल निर्मित सिनेमा आर्टस् नेपालको चलचित्र रेडले जितेका छ । यस्तै लघु चलचित्रमै जुरी स्पेशल मेन्सन अवार्ड चलचित्र लेट्स हाईड ईट ईन हिएर (साउथ अफ्रिका)ले हाँसिल ग¥यो ।
यस्तै स्पाईरेशन अवार्ड चलचित्र रोमाद (ओमान), सर्वोत्कृष्ट छायाँकारको अवार्ड चलचित्र रन फर युआर लाईफ (डेनमार्क)ले, स्कृष्टको अवार्ड द जब (अमेरिका)ले, छायाँकारको जुरी स्पेशल मेन्सन अवार्ड चलचचित्र ला डेर डेस डेर (फ्रान्स)ले हाँसिल गरेको छ ।
अन्तराष्ट्रिय विधामै इन्फरमेटिभ्स अवार्ड चलचित्र अ टाउन वालेड १९९५(आएरल्याण्ड)ले, हिस्टोरिकल अवार्ड चलचित्र ड्रिम्स अफ द पास्ट (रसिया)ले, इन्टरटेनिङ अवार्ड चलचित्र जिगोलो (अष्ट्रिया)ले, ईमोसनल अवार्ड चलचित्र ईष्टेल (स्पेन) र सर्वोत्कृष्ट डकुमेन्ट्रीको अवार्ड चलचित्र अक्रोश द हिमालय (स्वीडेन)ले हाँसिल गरेको छ ।
महोत्सबमा अन्तराष्ट्रिय जुरी सँयोजकमा चलचित्र निर्देशक माधव राज खरेल, बाँकी अन्तराष्टिय निर्णायमा तर्फ अभिनेता केदार प्रसाद घिमिरे, (नेपाल) चलचित्रकर्मीहरु अमोल भगत (भारत), शहादत रसोल (बंगलादेश), म्याग्डोलिना कोभ्पास (बेलायत) र सन्तोष सुवेदी (नेपाल)बाट रहेका थिए । ।
कार्यक्रममा अन्तराष्ट्रिय विधामा ११ वटा र राष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड प्रदान गरेकोे थियो । यस संस्करणको लागि नेपालका अलवा भारत, दक्षिण अफ्रीका, अस्ट्रिया, फ्रांस, संयुक्त राज्य अमेरिका, श्रीलंका, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, सवीडन लगायत १७ वटा देशका ९५ भन्दा बढी पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतक,m चित्रहरुको सहभागिता रहेको थियो
राष्ट्रिय विधातर्फ लक्ष्मण सुबेदी निर्देशित चलचित सतीदेवीले सर्वोत्कृष्ट चलचित्र र यही चलचित्रबाट मलिका महतले उत्कृष्ट अभिनेत्रीको अवार्ड हाँसिल गरे । उत्कृष्ट निर्देशकबाट अवार्ड बुलाकीबाट निर्देशक लक्ष्मण सुनारले हाँसिल गरे । चलचित्र नम्बरी सुन मार्फत सन्तोष श्रेष्ठले उत्कृष्ट संगीतकारको अवार्ड र यही चलचित्रले जुरी मेन्सन अवार्ड र पुर्णकाजी ज्यापुको चलचित्र हिसिमतीले उत्कृष्ट सांस्कृतिक चलचित्रको अवार्ड हाँसिल ग¥यो ।
लघु चलचित्रतर्फ उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र परिवर्तन मार्फत अभिनेता प्रभण भुसालले, छाँयाबाट सार्वोत्कृष्ट निर्देशकको अवार्ड दिनेश कार्की, सिमाबाट छाँयाकारको अवार्ड सुजेश थापा, अन्तरवार्ता चलचित्रबाट निर्देशकको जुरी मेन्सन अवार्ड प्रशन्न माली र लघु चलचित्र होएर एम आईबाट मेकअप आर्टिष्ट निर्मला चन्दले प्राप्त गरे ।
राष्ट्रिय तर्फका निर्णायकमा प्रध्यापक यादव गिरी, छायाँकार रविन आचार्य, निर्देशक जीवन थापा, गायिका सरिता भारती, कलाकार–निर्माता ज्याक श्रेष्ठ, ड्रेस डिजाईनर दिलमाया मगर थिए ।
देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै चार वर्षबाट यो अन्तराष्ट्रिय चलचित्र महोत्सब आयोजना गर्दै आएको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२४ का अध्यक्ष डा. हुस्नेत आजादले बताए । समारोहमा गायक रुद्र शेखर शर्मा, संगीतकार दिपक शर्मा, पत्रकार विष्णु सुवेदी, अशेष अधिकारी, छायाँकार राजन खरेल र कोरियोग्राफर सन्दिप कुमार भुजेल सम्मानित भए ।
महोत्सबमा प्रदर्शन भएका चलचित्रहरुको ’bout महोत्सब व्यबस्थापक एरा प्रोडक्सन प्रा.लि.को निर्देशक कमला जोशीले जानकारी गराईन् । कार्यक्रममा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, अमृत खाती र सुस्मा शाही लगायतको गीत संगीतले कार्यक्रमलाई संगीतमय तुल्यएको थियो ।