काखे शिशुको मृत्युले सप्तरीको भारदहमा तनाव

राजविराज । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा आईतवार माइक्रो वसको ठक्करबाट एक शिशुको मृत्यु भएपछी तनाव उत्पन्न भएको छ ।

माईक्रोको ठक्करले काखे शिशुको मृत्यु, हजुर आमा घाईते

विहान ८ बजेतीर भारदहस्थित कंकालिनी मन्दिर नजिकै भएको सो घटनामा डेढ वर्षिय आर्दश अधिकारीको मृत्यु भएपछी तनाव उत्पन्न भएको हो । हजुर आमा अनिता अधिकारी नाती आर्दशलाई लिएर बाटो पार गर्न उभिरहेका बेला अचानक राजविराजबाट विराटनगरतर्फ जादै गरेको प्रदेश १–००५–००१ज.३८६६ नम्बरको माइक्रोले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

ठक्करबाट गम्भीर घाईते भएका दुबै जनालाई उद्धार गरी उपचारका लागी विराटनगरस्थित एक अस्पताल पु¥याइएको थियो । पु¥याइएको आधी घण्टामै उपचारका क्रममा बालक आर्दशको मृत्यु भएको तथा हजुरआमा अनिताको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

घट्नापछी आक्रोशित मृतकका आफन्त तथा स्थानीयले विभिन्न ४ बुंदे माग अघि सार्दै ५ घण्टा राजमार्ग अवरुद्ध पार्नुका साथै ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन थालेका थिए । प्रर्दशनकारीले माइक्रो चालकलाई सवारी ज्यान मुद्दामा कारवाही, मृतकका परिवारलाई क्षतीपुर्ती, माइक्रो सिन्डीकेट खारेजी तथा कंकालिनी भगवती मन्दिर परिसरमा प्रहरी बिट स्थापना लगायतका माग अघि सारेका छन ।

स्थिति असामान्य हुन थालेपछि इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपाल तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेसहितको पुगेको टोलीले पीडित पक्ष तथा माइक्रो संचालक पक्षलाई राखेर छलफल र सहमती गराएपछि अवरुद्ध राजमार्ग पाँच घण्टा पश्चात् सूचारु भएको छ ।

ठक्कर दिने माइक्रो र चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ का ३२ वर्षिय अब्दुल सतारलाई नियन्त्रणमा लिई सवारी ज्यान मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी