पानीमा भिज्दै ‘महम्मद डे’ मा हज्जारौंको सहभागितामा सद्भाव -याली

राजविराज । मुस्लिम समुदायले सोमवार आफ्नो धर्मका प्रर्वतक हजरत महम्मद पैगम्बरको जन्मोत्सव सदभाव -याली सहित विविध कार्यक्रमको आयोजना गरी मनाएका छन ।

यस अवसरमा सप्तरी सदरमुकाम राजविराजमा महम्मद पैगम्बर जन्मजयन्तीको ब्यानर, राष्ट्रिय र धार्मिक झण्डा तथा बाजागाजा सहित हज्जारौको सहभागितमा भब्य सदभाव -याली निकालिएको छ ।

¥याली बजार क्षेत्रमा प्रवेश गरे लगत्तै वर्षा सूरु भएको थियो । तर वर्षाको पर्वाह नगरी सभागीहरु उत्साहका साथ पानीमा भिज्दै बजार क्षेत्रको चार किलोमटिर दुरी तय गरेका थिए ।

महम्मद पैगम्बर जन्मजयन्ती मनाउन सोमवार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी मुस्लिम समुदायमा थप उत्साह देखिएको सदभाव ¥यालीका आयोजक मुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारीले बताए ।

-यालीमा मुस्लिम समुदायका युवा, युृवती, बृद्ध बृद्धा, विभिन्न मदरसाका मौलानाका साथै बालबालिका समेतको उत्साहजनक सहभागिता रहेको थियो । सदभाव -यालीमा हिन्दुधर्मावलम्बीका ब्यक्तीहरु पनि उत्साहका साथ सहभागी भए । मुस्लिम समाज राजविराजको अगुवाईमा “इस्लामको सन्देश मानवताको नाममा” नारा सहित नुरीजामा मस्जिदबाट निस्केको सदभाव -याली बजार क्षेत्र परिक्रमा पश्चात पुनः सोही स्थानमा पुगी धार्मिक सभामा परिणत भएको थियो ।

उक्त धार्मिक सभालाई राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीन, मृुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारी, मौलाना कैसर रजा, वडा सदस्य रामानान्द देव लगायतले सम्बोधन गर्दै महम्मद पैगम्बरको मानवताका लागी निर्देशित सन्देश तथा हिन्दु–मुस्लिम बीचको आपसी भाईचारा र धार्मीक सहिष्णुताको सन्देश गाउँ–गाउँ सम्म पु-याउनु पर्नेमा जोड दिए ।

यस अवसरमा मुस्लिम समुदायले गरिब, असहायलाई लत्ताकपडा, खाद्यान्न, फलफुल वितरणका साथै मिलाज, फतिया, कुरयानखानी लगायतका धार्मिक कार्यक्रम समेत आयोजना गरेको मुस्लिम अगुवा राजविराज ४ निवासी पैmयाज अन्सारीले बताए ।

इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा हजरत महम्मद पैगम्बरको जन्म भएको दिनको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष धुमधामका साथ उनको जन्मजयन्ती मनाउने गरेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मजदुरका कुरा : दिनभर गिटी नकुटे भात पाक्दैन, उम्मेदवारका कुरा सुन्ने फुर्सद कहाँ पाउनु ?