‘उज्यालो धनगढी’ अभियानअन्तर्गत थप १० किलोमिटर सडक झलमल्ल

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा थप १० किलोमिटर सडक झलमल्ल भएको छ । ‘उज्यालो धनगढी’ अभियानअन्तर्गत धनगढीको मुख्य सडक र सहिद गेट–क्याम्पस चोकलगायतका सडकमा स्मार्ट सडक बत्ती जडान गरेर झलमल्ल बनाइएको हो ।

जडित स्मार्ट सडक बत्ती आइतबार साझ सुदू्रपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री खड्काले धनगढी उपमहानगरपालिकाले राम्रो काम गरिरहेको बताउदै स्थानीय सरकारले जनताका काम गर्न सके राम्रो प्रभाव पर्ने भएकोले प्रदेश सरकारले पनि जनमुखी काम गर्न उपमहानगरपालिकासँग मिलेर काम गर्ने बताए ।

उनले भने– ‘धनगढीमा सह्रानीय काम भएका छन् । नयाँ नयाँ काम गर्ने नगरप्रमुख गोपाल हमालको स्वभावका कारण धनगढीमा राम्रो काम हुँदै गएको छ । यसको अरु पालिकाले पनि सिको गर्न आवश्यक छ ।’

क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) अन्र्तगत एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भएका सडकमा सडक बत्ती जडान गरेर झलमल्ल बनाइएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । आरयुडिपीअन्तर्गत यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको जडान गरिएको छ ।

धनगढीका १९ वटै वडामा उज्यालो धनगढी अभियानअन्तर्गत सडक बत्ती र हरेक वडाको आर्थिक कारोबार हुने एक ठाउँमा हाइमास्ट जडान गरिने कार्यक्रम रहेको धनगढी नगरप्रमुख गोपाल हमालले बताए ।

यसअघि धनगढी उपमहानगरपालिकाको ६ लेन सडक र क्याम्पस चोक–मनेहरा सडकमा स्मार्ट सडक बत्ती जडान गरी झलमल्ल बनाइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह : साना कुरा गर्दै ठूलो सपना देखाउँदै