प्रेस रजिष्ट्रारको शपथ

पोखरा । गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार नियुक्त विमला भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उनले सोमबार नै पदभार ग्रहण गरिन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीलाई गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रार नियुक्त गरेको हो । उनले महासंघ कास्कीमा भने कार्यवाहक दिइसकेकी छन् ।

प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाले दरखास्त दिएका थिए ।

आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिले उम्मेदवारको कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता लिइसकेपछि छनोटका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । छनोट समिति सदस्यको विज्ञ सदस्यको रुपमा पत्रकार रवीन्द्र बास्तोला र सदस्यसचिव समेत रहेका मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकाल थिए ।

गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ ।

प्रेस रजिष्ट्रार नियुक्तिसँगै भण्डारीले गण्डकीमा सर्वप्रथम जग बसाल्ने काम महत्वपूर्ण हुने र संचारसम्बद्ध सम्पूर्णको सहयोग र सहकार्यको खाँचो रहने बताइन् । उनले आफूलाई नियुक्ति गरेकोमा मुख्यमन्त्री पाण्डे, छनोट समिति र सिंगो प्रदेश सरकारप्रति आभार व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी