Monday, March 1, 2021
Home Uncategorized नयाँ गभर्नरको हस्ताक्षरयुक्त पहिलो नोट ५ र १० रुपैयाँ

नयाँ गभर्नरको हस्ताक्षरयुक्त पहिलो नोट ५ र १० रुपैयाँ

चीनमा छापिने, तिहारमा बजारमा आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ ।

बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पोरेनि’ सँग सम्झौता गरेको हो । बैंकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियो । नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्ताक्षरयुक्त कुल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउनेछ ।

केन्द्रीय बैंकले ५ रुपैयाँ दरको नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्न राष्ट्र बैंकले गत १४ जनवरीमा टेन्डर आह्वान गरेको थियो । त्यसमा आएको आवेदनका आधारमा चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पाेरेसनलाई नोट छपाइको जिम्मा दिइएको हो । सो कम्पनीसँग ४३ लाख ९७ हजार ५ सय अमेरिकी डलरमा यस्तो सम्झौता गरिएको राष्ट्र बैंकको भनाइ छ ।

यसैगरी, १० रुपैयाँ दरका लागि कम्पनीसँग ४१ लाख ४० हजार ४ सयमा खरिद सम्झौता भएको छ ।

नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ । जसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्छन् । ‘प्रि क्वालिफिकेसनमा’ परेका कम्पनीको प्राविधिक र आर्थिक सर्वेक्षण अध्ययन गरेपछि नेपाल राष्ट्र बैंकले कम्पनी छनोट प्रक्रिया टुंग्याउँछ ।

केन्द्रीय बैंकले यसअघि नै दसैंमा नयाँ नोट वितरण बन्द गर्ने योजना बनाएको थियो । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दसैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले यस्तो योजना बनाएको हो ।

यो पनि पढ्नुहोस   विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

दस्रंमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिँदा देशलाई नै ठूलो धनराशि क्षति हुने गरेकोे बुझाइ राष्ट्र बैंकको छ । राष्ट्र बैंकले वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी नोट छपाइमै खर्च गर्दैै आएको छ ।

नेपालले पहिलोपटक २०७३ सालमा चीनमा १ हजार रुपैयाँ दरका नोट छापेको थियो । यसअघि नेपालका नोटहरू जर्मनी, स्विडेन, बेलायत, नेदरल्यान्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसियालगायतका मुलुकमा छापिन्थे ।

जर्मनीले जिस्क एन्ड डेभ्रिएनट जीएमबीएचर बन्डेस डर्केरीमार्फत र स्विडेनले क्रेन एबी कम्पनीमार्फत, बेलायतले डिलारु करेन्सीमार्फत नोट छाप्ने काम लिइरहेका छन् ।

त्यस्तै, फ्रान्सको ओबेरथर फिडुकेयर, रसियाको फेडरल स्टेट युनेटरी इन्टरप्राइजेज, इन्डोनेसियाको पेरुम पेरुरी, नेदरल्यान्डको जोन ईन्सेड बैंक नोट बीभी, क्यानडाको क्यानेडियन बैंक नोट कम्पनी लिमिटेडबाट नोटहरू छाप्ने गरिन्छ ।

नोटमा प्रशस्त मात्रामा सुरक्षा चिह्न (सेक्युरिटी फिचर) राखिएको हुन्छ । नोटमा ‘एनआरबी’ लेखिएको सेक्युरिटी थ्रेड (एक प्रकारको धागो) राखिएको हुन्छ ।

नेपालमा पहिलोपटक चीनमा छापिएका १ हजार दरका नेपाली नोट २०७३ सालको माघमा नेपाल राष्ट्र बैंकले प्राप्त गरेको थियो । त्यसबेला चिनियाँ मुद्रा मुद्रण संस्थाअन्तर्गत च्याङसीको नानछाङ प्रिन्टिङ कम्पनी लिमिटेडले २०७३ सालको भदौमा नेपाली मुद्रा छाप्ने अर्डर प्राप्त गरेको थियो । चिनियाँ कम्पनीले नेपाल राष्ट्र बैंकबाट १ हजार रुपैयाँ दरका २० करोड नोट अर्थात् २ खर्ब रुपैयाँ बराबरका नोट छाप्ने अर्डर पाएको थियो ।

(Visited 293 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

साताका लोकप्रिय समाचार

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको...

लेस्टर सिटी उपाधि दौडबाट बाहिर

काठमाडौं । इग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न दोस्रो लेगमा लेस्टर सिटी स्लोभिया प्रहासँग २-०ले...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

ट्रेन्डिङ

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब...

कोभिड–१९ नियन्त्रणका कमान्डर नै आइसोलेसनमा

काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का नेतृत्वकर्ता (कमान्डर)हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता...

यो बादल यो बर्षा

काठमाडौं । मनोवादको शब्द संगीत तथा स्वरमा 'यो बादल यो बर्षा' सार्वजनिक भएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा कुशुम गुरुङ र मौसम खड्का देखिएका...

राजधानी र नामकरणको प्रस्तावमा प्रदेश ५ मा आज मतदान, विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदैछ । प्रस्तावका विषयमा छलफल गर्न प्रदेश सभा बैठक मध्यान्ह १२...

संक्रमित भेटिएपछि ठमेलक्षेत्र सिल

काठमाडौं । एकजना पुरुषमा कोरोना संक्रमण भेटिएपछि ठमेल क्षेत्र सिल गरिएको छ । दुई महिना अघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको...

ओमानको शतप्रतिशत जित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानले शतप्रतिशत जित हात पारेको छ । मंगलबार अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै...

झापामा सयौं भारतीय नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीद्वारा हवाइ फायर, भारतीयहरु भागे

भद्रपुर । बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन्...

रोकिएन राजस्व छलीको शृंखला

काठमाडौं । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

धेरै पढिएका

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)