द बकिंघम मर्डर्सको सफलताले करिना दंग

मुम्बई । लामो समयपछि चलचित्रमा फर्किएकी बलिउड अभिनेत्री करीना कपूर खानको चलचित्र ‘द बकिंघम मर्डर्स’ शुक्रबार रिलिज भएको थियो । यो चलचित्रले यतिबेला भारतीय बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । ’स्त्री २’ ले गत सातासम्म राम्रो व्यापार गरिरहेको थियो । यो साता करिनाको चलचित्र आएपछि स्त्री २ सिनेमा हलबाट उत्रिएको छ ।

द बकिंघम मर्ड्स चलचित्रले सोमबारसम्म चार दिनमा ७.८१ करोड रुपैया कमाई छ । सानो बजेटको यो चलचित्रको चार दिनको कमाईलाई राम्रो मानिएको छ ।

चलचित्र द बकिङ्घम मर्डर्समा करीना कपूर खानसँगै, आश तंदन, रणवीर ब्रार र कीथ एलेन जस्ता कलाकारको अभिनय रहेको छ । बालाजी टेलीफिल्म्स द्वारा निर्माण गरिएको यो चलचित्रलाई दर्शकले रुचाएकोमा अभिनेत्री करिना यतिबेला दँग छिन् ।

यो चलचित्रले शुक्रवार पहिलो दिन १ करोड ६२ लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै शनिबार दोस्रो दिन २.४१ करोड आइतबार तेस्रो दिन २.७२ करोड र सोमवार चौथे दिन १.०६ करोड रुपैयाँको व्यापार गरेको हो । यसरी यो चलचित्रले चार दिनमा भारतीय बक्स अफिसमा ७.८१ करोडको व्यापार गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरा रंगशालामा गुञ्जिए अमृत