आज भन्दा करिव छ हजार बर्ष पहिले महारथ राजाको दरवार पाञ्चाल (हालको पनौती नगरपालिका कार्यालय क्षेत्र) मा कान्छा राजकुमार महासत्वको जन्म भएको थियो । कार्तिक महिनाको सुन्दर मौसममा राजा, रानी र राजकुमारहरु राजकिय शिकारको लागी सवार भई हिरण्य गन्धमान पर्वतमा मुकाम भएको थियो । एकदिन दिनभर सिकार नपाउँदा अबेर सम्मन जंङ्गलमा टहल्दै थिए । पूर्णेको रातमा राजकुमारहरु चन्द्रमाको उज्यालोमा शिकार खोज्दै थिए । अन्तत उनिहरुले एउटा भखैरै ५ वटा डमरु जन्माएर भोक र थकानबाट चल्नै नसकेका बघिनी र डमरु देखे । कमजोर बघिनी र नवजात डमरुहरु माथी सिकार नगर्ने भनि अगाडी लागे । कान्छा राजकुमार महासत्व दाईहरुलाई छलगरेर आफ्नो शरिर समर्पण गरि बघिनी र डमरुको ज्यान बचाएर आफुले बोधिसत्व प्राप्त गरेको ईतिहास बसेको छ ।
स्वयम्भू पुराण अनुसार किरातकालका सातौ राजा जितेदस्तीको पालामा आजभन्दा २५०० बर्ष पहिले सिद्घार्थ गौतम आफ्नो ३५०० बर्ष पहिलेको जन्म अर्थात अहिले भन्दा ६००० बर्ष पहिलेको पूर्व जन्म स्थान पाञ्चाल दरवार क्षेत्र भ्रमण गर्नुको साथमा राजकुमार महासत्वको पार्थिव शरिर गाडिएको स्थान हिरण्य गन्धमान पर्वतमा पुग्नु भएको थियो । राजकुमार महासत्वको बचेका पार्थिव शरिर गाडीएको ढिस्को अगाडी बसेर एक महिना तपस्या गर्नु भयो । एक महिना पछि उक्त ढिस्कोलाई परिक्रमा गरि नःम बुद्घ भनि ढोग्नुभयो । तत् पश्चात उक्त ढिस्कोको नाम नःम बुद्घ हुन गयो ।
गौतम बुद्घको स्वयम्भू तथा नःम बुद्घको दर्शण पश्चात बौद्घधर्मले प्राथमिकता पायो । ईतिहास लाई कदर गर्ने सभ्यतालाई सम्मान गर्ने लिच्छवीहरुले ढिस्को माथी सत्यवतीको काखमा महादेव र महा प्रणव बसेको मूर्ति बनाई सानो मन्दिर भित्र राखेको हुनु पर्दछ । लिच्छवी राजा मानदेव प्रथमले मठ, मन्दिरहरुको दिगोपनाको लागी पुजारी सहित गुठी बन्दोबस्त गर्ने क्रममा नःम बुद्घमा पनि साँस्कृतिक सँस्कारमा निरन्तरता दिनको लागी गुठी बन्दोबस्तको साथमा हालको मन्ँिदरको चारकुनामा स–साना चैत्य (चिवा द्योः) बनाउन लगाएका थिए, जस्ले अहिले सम्मन पनि निरन्तरता पाएको छ । हालको ढुंङ्गाको मन्दिर भने सत्रौं शताद्विमा असनका साहुजीले बनाउन सहयोग गरेका थिए । उक्त मन्दिरको ढोकाको तोरणमा भित्रको जस्तै सानो मूतिै कुँडिएको छ । यी दुई मूर्तिमा भित्रता पाईन्छ । स्थानिय भनाईमा कालिदह खोल्न चीनको गांसु प्रान्त, तुङ्गहाङ्ग उपत्यकाको पवित्र भूमी उतैशान ९ध्गतबष्कजबल० पर्वतमाला बाट आउनु भएका मञ्जुश्री र उनका सहायकहरु बरदा र मोक्षदाले पनि नःम बुद्घको दर्शणको दर्शणमा आउनु भएको र तिनै सम्झनाको लागी यो मूर्ति कोरिएको भनाई रहेको छ । यस्तै गुरु पद्मसंभवले पनि तपस्याबाट प्राप्त गरेका तिनवटा बज्रमध्ये एकबज्र नःम बुद्घमा अर्पण गर्नु भएको थियो । उनै बज्रको सहयोगमा यहाँका लामाहरुले नराम्रो मौसमबाट बाली जोगाउन र समुदायका जनस्वास्थ्यको लागी धामी झाँक्रीको पेशा केहीबर्ष पहिले सम्मन अपनाएका थिए ।
सन १२५५ जुलाई १५ मा गएको महाभूकम्प र तत् पश्चात उडुस आतङ्गिंत पुरानो पाञ्चाल वस्ति लाई ब्यबस्थित गर्न महा मानवहरुको बस्तिका अगुवा तथा सभ्यताका द्योतक, कला र सँस्कृतीका पुजारी मल्लहरुले तिन नदीहरुको संगम उत्तर प्रयाग नजिकमा बस्ति सारे । तिन नदीहरुको नामहरु (पद्मावती – प, लिलावती – ला र रुद्रावती –ती) बाट शब्द सापट लिएर उक्त वस्तिको एउटा उत्तम नाम “पला ती” राखे । संयोग नेवारी भाषामा पला तीको अर्थ मोक्ष प्राप्तिको लागी उक्तस्थानमा पाईला राख्नु भनाई रह््यो । यसले तत्कालिन समयमा पर्यटन ब्याबसायले नगरको राम्रो आर्थिक उत्रती भएको र १६ रौ शताद्वीमा छुट्टै पनौती राज्य बनेको थियो । शहरलाई आकर्षक बनाउन, अभयदानको महिमालाई जगाई राख्न तत्कालिन नेतृत्वले महामानव नःम बुद्घ (महासत्व) को सम्ममानको लागी जात्रापर्व चलाउन तथा पाञ्चाल नगरीका नागरिकको सम्झनामा लायकुको दरवार संङ्गै नःम बुद्घ द्योःछे बनाए । नेपाल एकिकरणले यहाँको सँस्कृती र सस्कारको चिरहरण भयो ।
समयचक्रको क्रममा खासगरि शाहकालिन समयमा कला र सँस्कृतीको संरक्षणमा बेवास्ता हँुदा पनौतीको सोभायमानमा खलल् पुग्यो । बि.सं. २०४७ को प्रजातन्त्र तथा लोकतन्त्रका जनप्रतिनिधिहरुले यस्को महत्व नबुझेर हो वा बुझपचाएर लापरवाहीपन देखाकोमा दुईमत नहोला । प्रजातन्त्र पश्चात पनि राजनैतिक महत्वाकान्छिमा हतियार द्वण्दले यो शहरलाई थिलथिलो बनायो ।
नःम बुद्घ र सिद्घार्थ गौतम बुद्घ हिडेको स्थान भएकोले यहाँ “जीवन र शान्तिको रक्षा” गर्न महान शान्ति पहलकदमीहरुको पदचापहरुमा आफ्ना पाईलाको मिल्नसक्ने अवसर रहेको छ । माथीका तत्थ्यहरु नःम बुद्घ, स्वयम्भू महाचैत्य भन्दा पुरानो भएको र बौद्घमार्गीहरु आफ्ना मृतआत्माको शान्तिको लागी सक्नेहरुले जिवनमा कम्तिमा एकपटक बत्ती बाल्न आउने चलन रहेको छ । यसरी बत्ती बाल्न आउनेहरुमा नेपाल र भारत अलावा चीन, खासगरी ताईवान र मङ्गोलियाको अलावा हाल आएर मलेसिया, भियतनाम, जापानको साथ साथ युरोप र अमेरिका बाट पनि आउने गरेका छन । यस्तो ईतिहास बोकेको पूर्वाधारमा सरकारको सम्बन्धित (बिशेषज्ञ) निकायहरु अपहेलित भएर रहेको छ ।
महामानव संग जोडिएको ऐतिहासिक पवित्र नगरी पनौती लाई विश्व सम्पदा सुचीमा नामांङ्कन गर्न नेपाल सरकारका निकायहरु बि.सं. २०५२ देखी लागीपरे पनि ३० बर्ष सम्मन पनि दर्ता हुन नसक्दा अलौकिक ईतिहास बोकेको नःम बुद्घले विश्व बजारमा आफ्नो परिचय दिन विश्व संम्पदा सुचिको प्रतिक्षामा रहेको छ ।
यस्ता महामानवको अभयदानको ईतिहास लाई जिवन्तता दिन तथा गौतम बुद्घ जस्ता महामानवहरुले दिनु भएका शान्तिका सन्देशहरुलाई ब्यापकता दिनुको साथमा यस्को मूल्य मान्यतामा बढावा दिन, सन २०१७ मा “बिश्व साँस्कृतिक शान्ति पदयात्रा” नामक एक तदर्थ समिती बनेको छ । यस पदयात्राले निम्नानुसार दुई लक्ष्यहरु रखेको छ । पहिलो लक्ष क) राजकुमार महासत्वको अभयदान (विलक्षण करुणा)को पुःन स्मरण गर्नु आधुनिक क्षेत्रमा आाएको अंङ्गप्रत्यारोन अभियानलाई ठूलो टेवा मिल्ने छ । यस्तै दोश्रो लक्ष ख) शान्तिको मूल्य मान्यतामा ग्राह््यता दिनु । आन्तरिक द्वण्द, बैमनष्यता तथा अन्तराषर््िट्रय द्वण्द, कचिंगल, हतियार द्वण्द र युद्घको बढदो माहोललाई केही मत्थर गर्नमा सहयोग मिल्नेछ ।
माथी उल्लेखित मार्ग तयगरि सन २०१७ देखी हरेक वर्ष संयुक्त राष्ट्रसंघले मनाउदै आएको अन्तराषर््िट्रय शान्ति दिवसको दिन २१ सेप्टेम्बर बाट तिन दिन लगाएर “साँस्कृतिक शान्ति दियोका साथ पदयात्रा” स्वयम्भू महाचैत्य बाट नःम बुद्घ सम्मन गर्दै आएका छौ । यसवर्ष उक्त कार्यक्रम वर्ड फोरम फर बुद्घिजम र हलिं नेवा गुथिको सहकार्यमा हुदैछ । यस्कोलागी समितीले स्वयम्भू देखी नःम बुद्घ सम्म केही बौद्घ केन्द्रहरु लक्षित गर्दै तलको नक्सा अनुसार पदयात्रा मार्ग तयार गरि पदयात्रा गर्ने गरेको छ ।
छ बर्ष सम्मन आन्तरिक पदयात्रीमा सिमित रहेको कार्यक्रम यस बर्ष अर्थात सातौबर्ष सन २०२४ को कार्यक्रमको निरन्तरतामा चार देश भारत, थाईलैण्ड, जापान र जर्मनी पदयात्रीहरुले पनि भाग लिने भएका छन् । यसबर्ष हलिं नेवा गुथिको सहभागिताले अझ मौलिता पाउने र हरेक बर्ष कार्यक्रमले निरन्तरता पाउनेमा दुईमत नहुने विश्वास गरिन्छ । लिच्छवी काल र मल्लकालमा पर्यटन घाषित यस क्षेत्रलाई सम्बन्धित जिम्बेवार निकायले ईमान्दारिताका साथ कर्तब्य पुरागरे दशकौ देखि शंकल्पमा रहेको विश्व साँस्कृतिक सम्पदाहरुले पूर्णता पाउने छ । साथमा विश्वका शान्तिकामी आगन्तुक तथा साँस्कृतिक पक्षधरहरुको बृद्घिले देशको पर्यटन, समाजिक तथा आर्थिक बृद्घिमा सहयक बत्रेछ ।
लेखक नेपाल शान्ति पदयात्राका संयोजक हुन् ।