सिन्धुली । सिन्धुलीमा ठूलो परिणाममा गुणस्तरहिन चामल बरामद गरिएको छ । बुधबार जिल्ला अनुगमन समिति सिन्धुलीले कमलामाई नगरपालिका वडा नं. ६ राममाढीको अरुण थापाको थापा कृषि सामाग्री विक्री केन्द्र (मिल) मा रिपोलिसिङ र रिप्याकेजिङ हुदै गरेको चामल बरामद गरि नष्ट गरेको हो ।
रिपोलिसिङ र रिप्याकेजिङ गर्दै गर्दा जिल्ला अनुगमन समितिले मा-यो छापा
अनुगमन समितिले किरा (घुन) लागेको, धुलै धुलो भएको चामललाई रिपोलिसिङ र रिप्याकेजिङ गर्दै गर्दा ६६ बोरा चामल, रिप्याकेजिङ मेसिन, ४९ वटा खाली बोरा बरामद गरेको हो ।
मिलमा न्यु डोकानिया ब्रदर्श बर्दिबासको ३० केजीको ५५ बोरा, २० केजीको ११ बोरा चामल बरामद भएको जिल्ला अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयाँलले बताए । उनका अनुसार अनुगमन टोलीले रिपोलिसिङ गर्दा निस्केको साढे २१ केजी चामलको धुलो, बोरा सिलाउने मेसिन अनुगमन समितिले बरामद गरेको छ ।
यस्तै अनुगमनका क्रममा उक्त मिलबाट श्रृष्टि नाम लेखिएको ३१ वटा र सर्लाही टाईगर नाम लेखिएको १८ वटा गरि ४९ वटा खाली बोरा समेत बरामद भएको उनले बताएका छन । बरामद गरिएको गुणस्तरहिन चामल, बोरा र धुलो डम्पिङ साईडमा लगि नष्ट गरिएको फुयाँलले जानकारी दिएका छन ।
रिपोलिसिङ र रिप्याकेजिङ गरेर गैह्र खाद्य पदार्थ विक्री गरेको विषय कानुनी प्रक्रियामा रहेको र कस्तो कारबाहि हुने भन्ने ’boutमा अनुसन्धानपछि निर्णय गरिने पनि उनले बताए । कानुनले गर्न मिल्नेसम्मको कारवाहि गरिने समेत उनले बताएका छन ।
अनुगमनमा प्रहरी, प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली लगाएतको सहभागिता रहेको थियो ।