वार्नरको बलिउड डान्स

मेलर्वन । अस्ट्रेलियाका क्रिकेटर डेविड वार्नरले एक टिकटक भिडियो सेयर गरेका छन् । जसमा उनी छोरीसँग कटरिना कैफ अभिनित गीत शिलाकी जावानीमा डान्स गर्दै गरेको देखिन्छन् । अस्ट्रेलियाका ओपनर डेविड वार्नरले शनिबार आफ्नी छोरीसँग कटरीना कैफको हिट डान्स नम्बर शिलाकी जवानीमा डान्स गरेर भिडियो सेयर गरेका हुन् ।

इन्स्टाग्राममा वार्नरले सो भिडियो सेयर गरेका छन् । हिन्दी फिल्म तिसमार खानको हिट गीतमा उनले टिकटक बनाएका हुन् । वार्नरले त्यसमा कसैले हामीलाई सहयोग गर कृपया भनेर लेखका छन् । इन्स्टाग्राममा सो भिडियो ५ लाख ४४ हजारभन्दा धेरैले मनपराएका छन् । प्रशंसकले उनको तुलना बलिउडका अभिनेतासँग पनि गरेका छन् । एक प्रशंसकले लेखेका छन्, ‘तपार्इंहरूले त कटरिनाले भन्दा राम्रो गर्नुभयो ।’ कतिपयले भने अझै धेरै अभ्यास गर्न आवश्यक रहेको औंल्याएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे भगवतिमाईमा माओवादीका थापा अध्यक्षमा,उपाध्यक्ष काँग्रेसकी खड्का विजयी