बिराटनगर । मोरङको पथरीशनिश्चरेमा धारिलो हतियार प्रहार गरी ससुराको हत्या गरेको आरोपमा पक्राउ परेका ज्वाइँलाई प्रहरीले सार्वजनिक गरेको छ । असोज ५ गते बिहान करिव ७:२० बजे पथरीशनिश्चरे नगरपालिका वार्ड नं. ७ मायालु चोक बस्ने बर्ष ६२ को चन्द्र बहादुर तामाङलाई आफ्नै घरमा धारीलो हतियारको प्रहारबाट घाटी, टाउको र चिउडोमा काटिएको अबस्थामा मृत लाश फेला परेको थियो।
घटनास्थलमा फलामको धारिलो दाउ फेला परेको र घटना घटाई ज्वाई कानेपोखरी गाउ पालिका वार्ड नं. ५ बस्ने बर्ष २९ को रविन राई तत्काल फरार भएका थिए। उनलाई खोज तलासको क्रममा असोज ६ गते ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली एवं जिल्ला प्रहरी कार्याल धनकुटाको समन्वयमा जिल्ला धनकुटा मुलघाट भन्ने स्थानमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी तथा प्रहरी प्रवक्ता ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।
घटनाका सम्वन्धमा अनुसन्धान गर्नको लागि मोरङ जिल्ला अदालतबाट दिन ४ (चार) म्याद थप गरी ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान शुरु गरिएको डीएसपी तथा प्रहरी प्रवक्ता बस्नेतले बताए ।
घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक ससुरा र ज्वाई बीच मादक पदार्थ सेवन पश्चात बादविवाद हुँदा धारिलो हतियार फलामको दाउले प्रहार गर्दा ससुरा तामाङको घटनास्थलमै मृत्यु भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।