संकटको सारथि वामपन्थ

भनिन्छ, पुँजीवाद अहिलेका समस्या हल गर्न असमर्थ छ । यसले दिन लम्ब्याउने र काल पर्खने गरिरहेको छ । यो विश्वको संकट बनिरहेको छ । हाल श्रीलंकामा यस्तै समस्या आइपरेको छ ।

लामो गृहद्वन्द्वपछि भएको राष्ट्रपतीय निर्वाचनमा श्रीलंकामा वामपन्थी नेता अनुरा कुमारा दिशानायके (एकेडी) नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । यो श्रीलंकाका लागि रोजाइ बनेको छ । वामपन्थी आए समस्या समाधान गर्छन् कि भन्ने सोच जनतामा देखिएको छ ।

त्यसैले होला ७५ वर्षसम्म श्रीलंकाको शासन सत्तामा राइँदाइँ गरेका सबैलाई पाखा लगाएर दिशानायकेलाई राष्ट्रपति चुनेका छन् । यस रोजाइलाई श्रीलंकाली जनताले सन् २०२२ मा गरेको विद्रोहको निरन्तरता दिएको मानिएको छ ।

देशमा आर्थिक संकट चुलिएपछि श्रीलंकामा जनप्रदर्शन सुरू भएको थियो । यसले २ वर्षअघि श्रीलंकामा महिन्दा राजपाक्षे परिवारको शासन अन्त्य गरेको थियो । उनका भाइ राष्ट्रपति गोटाबाया राजपाक्षे १४ जुलाई २०२२ मा देश छोडेर भागेका थिए । ६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमासिंघेलाई संसद्ले नयाँ राष्ट्रपति बनाएर निर्वाचनमा गएको थियो ।

जनता असन्तुष्ट थिए । उनीहरूले आफ्नो अधुरो रहेको चाहना शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनद्वारा पूरा गरे । नयाँ राष्ट्रपतिका लागि विक्रमासिंघे पनि प्रतिस्पर्धामा उत्रिए ।

तर, निर्वाचनमा दिशानायकेले बाजी मारे । हाल निर्वाचित राष्ट्रपति ७५ वर्षसम्म राइँदाइँ गरेका राजनीतिक घरानाका होइनन् । उनी राजधानी कोलम्बोवासी पनि होइनन् ।

उनी बरू जेभीपी भन्ने विद्रोही दलका नेता हुन् । यस पार्टीले सन् १९७१ र सन् १९८० को दशकको अन्त्यमा श्रीलंकामा हिंसात्मक विद्रोह गरेको थियो । सन् १९८८ देखि १९८९ मा राष्ट्रपति जेआर जयवर्धने र आर प्रेमदासाको शासन सत्ता ढाल्न भन्दै गरेको विद्रोह श्रीलंकाको इतिहासमा सबभन्दा रक्तपातपूर्ण मानिन्छ । त्यतिबेला ६० हजार मानिस मारिनुका साथै जेभीपीका संस्थापक रोहाना विजेविरासमेत कारबाहीमा मारिएका थिए ।

जेभीपी हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आएपछि दिशानायकेले आफ्नो दललाई विगतको हिंसात्मक आन्दोलनबाट टाढा राख्न खोजेका छन् । उनैलाई श्रीलंकाली जनताले आफ्नो भाग्य निर्माताका रूपमा चयन गरिसकेका छन्् । हेर्न बाँकी छ, वामपन्थ श्रीलंकाका लागि संकटको सारथि बन्छ कि बन्दैन ?
(पत्रपत्रिकाको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियारको अनुसन्धानमाथि विशेष अदालतले किन उठाउँछ पटक–पटक प्रश्न ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर