विद्यार्थीहरुलाई शैक्षिक साम्रगी निःशुल्क हस्तान्तरण

काठमाडौं । देश निर्माण युवा समाज नेपालद्वारा गत आइतबारका दिन दोलखाको हिमाली भेगको अति दुर्गम जिल्ला बिगु गाउँपालिका, खोपाचागुमा रहेको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत् सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक र खेलकुद सामाग्री र स्वास्थ्य शिविर तथा मनोपरामर्शलगायत विद्यार्थीहरूलाई चेतनामूलक बाल चलचित्र “ऐना झ्यालको पुतली” समेत प्रदर्शन गरी भव्य रूपमा सम्पन्न गरेको छ ।

संस्थाका संस्थापक अध्यक्ष खेमबहादुर बुढाथोकी ‘शिशिर’को अध्यक्षतामा भएको उक्त कार्यक्रममा सभापति समाजसेवी एवं ज्येष्ठ नागरिक टेकबहादुर बुढाथोकी रहेका थिए भने कार्यक्रममा प्रमुख अतिथीको रूपमा बिगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामी रहेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष शिशिरले आजको यो कार्यक्रम हाम्रो लागि एकदमै गौरवान्वित र सम्झना लायक कार्यक्रम रहेको बताउँदै उपस्थित सबैलाई हार्दिक स्वागत गर्दै भने, एकतामा म पनि यसै स्कूलका छात्र रहेको र आफूले यही स्कूलबाट शिक्षा हासिल गरेको बताउँदै शिक्षा र स्वास्थ्य जस्ता विषयमा कहिँल्यै पनि राजनीतिकरण गर्न नहुने बताउँदै सबैले पढाईमा राम्रोसँग ध्यान दिएको बढेको खण्डमा बोर्डिङ स्कूलभन्दा राम्रो शिक्षा हासिल गर्न सकिने बताए ।

कार्यक्रममा प्रमुख अतिथी देविका थामीले आफ्नो मन्तव्य राख्ने क्रममा आजको यो कार्यक्रमको आयोजना गरेकोमा गर्व महशुस भएको बताउँदै देश निर्माण युवा समाज नेपालका अध्यक्ष शिशिरलाई हार्दिक बधाई दिँदै यस्तो कार्यक्रम आयोजना गर्नु जो पायो त्यसले गर्छु भन्दैमा सम्भव नभएको र यसको लागि धैर्यता र लगन अनि लगावको अति आवश्यक रहेको बताउँदै यसबाट हामीले पाठ सिक्नु पर्ने बताएकी छन् ।

कार्यक्रममा अतिथीको रूपमा क्रमशः श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर बुढाथोकी, बिगु गाउँपालिका–८ का वडाध्यक्ष हिराबहादुर थामी, वडा सदस्यहरू क्रमशः भरतकुमार श्रेष्ठ, सुमनसिं घिसिङ्ग, सानी विक, खोपाचागु स्वास्थ्य संस्था इञ्चार्ज तथा वडा सचिव लिला थामी, छिमेकी विद्यालय श्री कालिञ्चोक माध्यमिक विद्यालय खोपाचागुका प्रधानाध्यापक सुन्दर प्रकाश पाण्डे, जमुना आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर कार्की, श्री हिमालय माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खत्रीलगायत रहेका थिए ।

कार्यक्रममा विद्यालयको तर्फबाट स्वागत नृत्यलगायत विभिन्न नृत्यहरू समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका प्रवक्ता दिनेश शिल्पकार र शिखा बुढाथोकीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कौडीको भाउमा दिइएको पशुपतिनाथको गौशला धर्मशाला २१ वर्षपछि फिर्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसवादी दल मधेसमै कमजोर