१०३ च्याङ्ग्रा चोरेको आरोपमा पक्राउ

पोखरा । मुस्ताङमा १०३ च्याङ्ग्रा खरिद गरी पैसा नदिई भागेका ३ मध्ये १ जना कास्की प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा ४ स्थायी घर भई हाल पोखरा ७, मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिर हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पोखरा ४ बाट पक्राउ गर्न सफल भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार अन्य २ जनाको पनि खोजीकार्य भइरहेको छ ।

पक्राउ परेका फकिरलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) कसूरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी शर्माले बताए ।

घटनाक्रम अनुसार, गत १ असोजमा निज फकिरसहित ३ जना व्यक्तिहरु मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ३, बारागुङका ताक्ला गुरुङको घरगोठमा च्याङ्ग्रा खरिद गर्न गएका थिए । उनीहरुले ताक्लाले पालेका १ सय ३ च्याङ्ग्रा ४२ लाख रुपैयाँ मोलमोलाइ गरी खरिद गरेका थिए । तर, तत्काल आफूहरुसँग पैसा नभएको र पोखरा गई दिने आश्वासनसहित च्याङ्ग्राधनी ताक्लासहित पोखरा आएका थिए ।

पोखरा १७, ड्यामसाइडस्थित एक होटलमा सुतेको अवस्थामै राति गाडीसहित भागेको खबर बाहिरिएको थियो । यो घटनापछि ताक्लाले न्यायका लागि कास्की प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीपछि खोजतलास तथा अनुसन्धान गर्दै गर्दा मुख्य अभियुक्त फकिर पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा निज फकिरले च्याङ्ग्रा भने घटनाको दोस्रो दिन २ असोजमा पोखरा २५, घट्टेखोलाबाट अरु गाडीमा लोड गरी बिक्री वितरण गरेको खुल्न आएको छ । थप अनुन्धान भइरहेको डिएसपी शर्माले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धार्मिक पर्यटन प्रर्वद्धनमा शक्तिपीठका सर्किट ‘कोशेढुंगा’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् निर्वाचन आयाेगले स्पष्टीकरण साेधेका उम्मेदवार (सूचीसहित)