सिद्धार्थ आर्ट ग्यालरीमा दोर्जीको थाङका कला

काठमाडौं । थाङका चित्रका कलाकार दोर्जी कर्मारोङले मँगलबारबाट काठमाडौंमा बबरमहल स्थित सिद्धार्थ आर्ट ग्यालरीमा आफ्नो एकल चित्रकला प्रदर्शनी सुरु गरेका छन् । दोर्जीले ‘कर्मारोङः हिडन भ्याली इन द हिमालय’ शिर्षकमा त्यहाँ आफ्ना कला सृजनाहरु प्रदर्शन गरेका हुन् । बिगत दुई दशकदेखि थाङ्का चित्र सृजना गर्दै आएका दोर्जीको यो प्रदर्शनीमा राखिएको थाङ्का चित्रहरुमा हिमाल क्षेत्रको जनजीवन प्रस्तुत गरिएको छ । ग्यालरीमा यो चित्रकला एक महिनासम्म प्रदर्शनमा रहेको दोर्जीले बताएका छन् ।

दोर्जीको यो एकल थाङ्का कला प्रदर्शनीको नेपालका लागि स्विट्जरल्यान्डका राजदुत डेनियल मेवलीले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत मेवलीले दोर्जीका सृजनाहरु निकै आकर्षक र अदभुत शैलीका रहेको बताए ।

आफ्नो परिवार हिमाचल प्रदेशबाट नेपाल फर्किँदा दोर्जी हिउँले ढाकिएको रोहताङ पासको गुफामा जन्मिएका रहेछन् । सात वर्षको उमेरमै आफ्नो बुबाको निर्देशनमा काठमाडौंबाट तिब्बती लिपि सिक्न एक गुफामा पुगेका उनले सुरुमा तिब्बती लिपी सिके ।

‘म १३ वर्षको हुँदा थाङ्का विज्ञ कलाकार पाल्देन र त्यसपछि डोल्पोका थाङ्का कलाकार तेन्जिन नोर्बु लामासँग प्रशिक्षण लिएँ । त्यसपछिबाट थाङ्का कला सृजनालाई लगातार अघि बढाएको हुँ ।’ दोर्जीले मँगलबार कार्यक्रममा भने ।

लामो समयदेखि तिब्बती देवताहरू र आध्यात्मिक कथाहरूका चित्रमा उतार्दै आएका उनले यसपटक हिमाली क्षेत्रको जनजीवनलाई पनि क्यानभासमा उतारेका छन् । परम्पारगत र आधुनिक शैलीलाई मिश्रण गरेर उनले यसपटक चित्रकला सृजना गरेका हुन् । आफुले कलाकार तेन्जिन नोर्बुको सल्लाह अनुसार परम्परालाई शैलीमा केही परिवर्त नगरेर आफ्नै आधुनिक शैली विकास गरी नयाँ कला रचना गरेको पनि दोजीले कार्यक्रममा बताए ।

प्रदर्शनीमा राखिएको दुई दर्जन भन्दाबढी थाङका कलामा प्रकृति, हिमाली क्षेत्रमा बासिन्दाहरुको दैनिक जीवन, उनीहरुको आध्यात्मिक जीवनशैलीलाई पनि प्रस्तुत गरिएको छ । प्रदर्शनीमा पुग्दा उनका कतीपय थाङकाले त्यहाँको कथा नै भनेको महसुस हुन्छ । दोर्जीका केही कलाहरुमा आध्यात्मिक भक्ति पनि देखिन्छ । उनले आध्यात्मिक जीवन दर्शनलाई पनि आफ्नो कलामा अघि बढाएका छन् । प्रकृति अन्तर्गत उच्च हिमालय क्षेत्रको सुन्दरतालाई उनले केही थाङका कलामा प्रस्तुत गरेका छन् । हिमाली क्षेत्र कर्मारोङको लुकेको संसारलाई थाङका चित्रमार्फत दोर्जीले यतिबेला काठमाडौंबासीमाझ एक अद्वितीय रुपमा प्रस्तुत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियारको अनुसन्धानमाथि विशेष अदालतले किन उठाउँछ पटक–पटक प्रश्न ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित