केदार घिमिरेको टिप्पणीले कलाकार बनिन श्रीमति सीता

काठमाडौं । आफ्ना पति एवम् हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले कुनै समय तिम्रो अभिनय राम्रो भएन भन्दा पत्नी सितादेवी तिमल्सिनाको मन दुखेको थियो । उनलाई पनि अभिनयमा आउने ठुलो रहर थियो । सोही रहर अनुसार उनले श्रीमानसँग सुरुका दिनमा टेली सृँखला ‘मेरी बास्सै’मा अभिनय गरेकी थिईन् । त्यतिबेला उनको अभिनय केदारलाई खास्सै राम्रो लागेन । सोही कारण केदारले पत्नी सितालाई मोरी बास्सैमा काम नगर्न सुझाब दिएका थिए ।

‘मैले मेरी बास्सैमा गरेको अभिनय राम्रो नभएको प्रतिक्रिया जब श्रीमानज्यूले दिनु भयो । त्यसपछि मैले अभिनय सिकेर मात्र यो क्षेत्रमा आउनु पर्छ भन्ने मलाई लाग्यो ।’ काठमाडौंको कलँकीमा सटर लिएर व्यापार ब्यबसाय गरिरहेकी सिताले कलाकार बन्ने उदेश्यका साथ ब्यापार छाडिन् । त्यसपछि उनी अनुप बरालको एक्टर स्टुडियोमा भर्ना भईन्,‘अनुप सरसँग तिन महिना अभिनय सिकेपछि उहाँले सडक नाटकमा मलाई उतार्नु भयो । उहाँको सँगतले दुई दर्जन भन्दा बढी सकड नाटकमा काम गरेपछि टेली चलचित्र तथा चलचित्रमा आउन मलाई प्रेरणा मिलेको हो ।’

तिनै सिता यतिबेला चलचित्र ‘सानो सँसार’को शिर्ष भूमिकामा छिन् । यो चलचित्र यही ११ असोजबाट देशव्यापी रिलिज हुँदैछ । आफुले पनि अभिनय क्षेत्रमा केही गर्नसक्छु भनेर यो क्षेत्रमा आएको यी कलाकार बताउँछिन् । बिगतलाई सम्झँदै सिताले राजधानीसँग भनिन्,‘त्यतिबेला केदार सरले मलाई तिम्रो अभिनय राम्रो छ भन्नु भएको थियो भने म त्यही प्रकारको अभिनयलाई निरन्त रमाउँथे होला । तर उहाँले मेरो अभिनय राम्रो नभएको सत्यकुरा बताउनु भएपछि अभिनय सिक्नै पर्छ भन्ने हुटहुटी ममा चल्यो ।’ यसरी आफुलाई अभिनय सिक्नु पर्ने प्रेरणा श्रीमानले नै दिएकै सिताले बताईन् ।

यसरी डेढ दर्जन नाटकमा अभिनय गरेपछि बल्ल केदारले उनको अभिनयको प्रसँसा गरेका रहेछन्,‘त्यसपछि मसँग काम गर्नको लागि केदार सर तयार हुनु भयो ।’ सिताले भनिन् ।

सडकमा सँधै नाटक गर्न सम्भब नहुने देखेपछि यी जोडीले करिब आधा घन्टाको प्रहसन कार्यक्रम तयार गरे,‘काठमाडौंको एउटा कार्यक्रममा केदार सर र मैले सो प्रहसन प्रस्तुत गर्दा दर्शकले धेरै तारिफ गरेपछि बल्ल म कलाकार भएछु जस्तो लाग्यो ।’ सिताले भनिन् । यही क्रममा सिता र केदारले थुप्रै स्टेज कार्यक्रममा सँयुक्त प्रहसन प्रस्तुत गरे ।

पछिल्लो समय वेभ सिरिज ‘सानो सँसार’मा सिताले अभिनय गरिरहेकी थिईन् । यो सिरिज निकै चर्चामा थियो । सोही क्रममा केदार घिमिरे मार्फत सानो संसारलाई कथानक रुपमा चलचित्र निर्माण गर्न प्रस्ताव सिता र उनको टोलीलाई आयो,‘हाम्रो सृँखलालाई चलचित्र बनाउने भनेपछि हामी खुसी भयौं । त्यसपछि चलचित्रको लागि स्कृप्ट तयार गरेर सानो सँसारको टिमलाई समेटेर यो चलचित्र तयार गरिएको हो ।’ सिताले भनिन् ।

श्रीमान र आफु चलचित्रमा लागिको बेला छोरा पनि चलचित्र होस्टेल ३ मार्फत किशोराबस्थामा अभिनयमा फर्किएकोमा सिता खुसी छिन्,‘छोरा पनि चलचित्रमा आएका छ । भोलीका दिनमा छोरीले पनि अभिनय यात्रा सुरु गर्छु भनिन भने मेरो पुरा साथ रहने छ ।’ सिताले भनिन्,‘परिवारमा सबैजना एउटै पेशामा हुँदा काम गर्न अज सजिलो हुँदो रहेछ । श्रीमानज्यू यो क्षेत्रमा कलाकारको रुपमा हुँदा मलाई पनि निकै सहयोग पुगेको छ ।’

सिताले सक्किगोनी सहित अरु टेली चलचित्रमा पनि काम गरेकी छिन्,‘सानो सँसारमा व्यस्त भएपछि मैले पछिल्लो समय टेली सिरियलमा समय दिन सकेको छैन । तर केदारसरसँग स्टेज कार्यक्रम भने बेला बेलामा गरिरहेको छु ।’ उनले भनिन् ।

चलचित्र सानो सँसारमा आफ्नो कामलाई दर्शकले कसरी लिनेछन भन्ने पर्खाईमा यी कलाकार यतिबेला छिन्,‘यो राम्रो चलचित्र बनेको छ । दर्शकले चलचित्रमा मेरो काम रुचाउनु भयो भने म चलचित्र अभिनयलाई निरन्तता दिने छु ।’ उनले भनिन् ।

थुप्रै स्टेज कार्यक्रममा जोडी बनेर श्रीमान केदारसँग काम गरेकी सिताको अब चलचित्रमा पनि सँगै काम गर्ने चाहना छ । तर यसको लागि कसैले सोर्सफोर्स लगाएको उनलाई मन पर्दैन । आफ्नै क्षमतालाई हेरेर चलचित्रमा काम दिँदा आफुलाई खुसी लाग्ने उनले बताईन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कौडीको भाउमा दिइएको पशुपतिनाथको गौशला धर्मशाला २१ वर्षपछि फिर्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सातै प्रदेशमा कांग्रेस पहिलो