मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट बगायो

काठमाडौँ । अपर मुस्ताङमा आएको बाढीले चलचित्र ‘एक्लो’ को करिब ४० लाख रुपैयाँको लागतमा बनेको सेट बगाएको छ । चलचित्रको छायाँकन आधा पनि सम्पन्न नहुँदै सेट नै बगाएर क्षती पुगेको हो । निर्माण पक्षले क्षती पुगेको सेटको पुन निर्माणकार्य सुरु गरेका छन् । कालीगण्डकी नदीको किनारमा चलचित्र छायाँकनको लागि सेट बनाईएको थियो । सोही कारण पनि बाढीले क्षती पु¥याएको हो ।

बिज्ञान कथामा आधारित यो चलचित्रको छायाँकनको लागि रकेट स्टेसन, रकेट, देखि विभिन्न सेट त्यहाँ बनाईएको छ । ती मध्य मुख्य सेटलाई बगाएको छ । त्यतिठुलो बाढी नआउने अप्पर मुस्ताङमा यसरी बाढी आएर सेट बगाउला भन्ने ’bout आफुहरुको कल्पना नगरेको निर्माण पक्षको कथन छ । बाढीका कारण आफुहरुलाई ठुलो क्षती भएको यसका कार्यकारी निर्माता विनोद क्षितिज सुवेदीले बताएका छन् ।

यो चलचित्रको गत महिना काठमाडौंमा मुहुर्त गरेपछि काठमाडौंबाट छायाँकन सुरु गरिएको थियो । केही दिन काठमाडौं र ललितपुरमा चलचित्रको छायाँकन गरेर बाँकी छायाँकनको लागि युनिट उपल्लो मुस्ताङ पुगेको थियो । सेट बगाएपछि अहिले बाँकी अरु छायाँकन सेट बाहिर थलिएको छ ।

‘चलचित्रको छायाँकनको लागि एक महिना भन्दा बढी समय लगाएर अपर मुस्ताङमा हामीले चलचित्र एक्लोको सेट बनाएर छायाँकन सुरु गरेका थियौं । चार दिन अघि आएको बाढीले सेट बगाएपछि अहिले फेरी सेट निर्माण कार्य भईरहेको छ ।’ कार्यकारी निर्माता सुवेदीले भने,‘सेटलाई पुन निर्माण गरेपछि हामी त्यहाँको छायाँकनलाई निरन्तता दिने छौं ।’

यो चलचित्रमा हलिउड कलाकार जेमी बेकमसहित, प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एभन राज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्रीलगायतको अभिनय छ । जस मध्य अधिकाँस कलाकार दुईसाता अघि नै छायाँकनको लागि उपल्लो मुस्ताङ पुगेका हुन ।

प्रदीप शाहीको निर्देशनमा निर्माण भई रहेको चलचित्रलाई बाबु श्रेष्ठले छायांकन गरिरहेका छन्। चलचित्र ’एक्लो’ का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ ,भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् । यो चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खसीबोका र च्यांग्राको मूल्य सस्तियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना