Saturday, April 17, 2021
Home Breaking News अग्रवालद्वारा पीपीईमा समेत कालोबजारी

अग्रवालद्वारा पीपीईमा समेत कालोबजारी

,

काठमाडौं । थर्मल गनको कालोबजारी गर्दै गर्दा प्रहरी हिरासतमा पुगेका व्यापारी सुलभ अग्रवालले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)मा समेत कालाबजारी गरेको उच्च स्रोतले जानकारी दिएको छ । उनले विभिन्न समयमा ल्याएको पीपीईमा पनि कालाबजारी गरेर बिक्री गरेको तथ्य खुल्न आएको हो ।

चीनबाट ३ हजार रुपैयाँमा ल्याएको पीपीईलाई अग्रवालले १५ हजारदेखि २५ हजार रुपैयाँ लिएर कर्पोरेट हाउसहरूलाई बिक्री गरेको स्रोतको दाबी छ । नेपालमा आधिकारिक रूपमा आयात हुने ब्रान्डहरू खोस्ने विषयमा पनि अग्रवाल अग्रपंक्तिमा रहँदै आएका छन् । यसअघि पनि भ्याट छली, डेडिकेटेड फिडरलाइनलगायत प्रकरणमा जोडिएको शंकर ग्रुपले कानुनका छिद्रहरू प्रयोग गर्दै अनियमितता गर्दै आएको र अग्रवालको यस्तो धन्दा नयाँ नभएर पुरानै भएको उनलाई नजिकबाट चिन्नेहरूले बताउँदै आएका छन् ।

यसैगरी, अग्रवालको शंकर ग्रुपले काठमाडौंको नक्सालमा पाँच तारे होटल हिल्टन बनाउँदा पनि शक्तिकेन्द्रकै आडमा त्यहाँको पुरानो बाटोसमेत मासेर बनाएका थिए । स्थानीयको पटक–पटकको विरोधपछि बिग्रिएको बाटो सामान्य मात्र बनाएर छाडेको अहिले पनि देख्न सकिन्छ ।

‘वाणिज्यदूतको पदलाई व्यक्तिगत स्वार्थमा प्रयोग’
स्वास्थ्य सामग्री बिक्रीमा कालोबजारी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालले प्रहरी हिरासतबाट फुत्किन अनेक प्रयास गरिरहेका बेला अहिले उनलाई व्यापार नै नभएको मुलुक किर्गिस्तानको अवैतानिक वाणिज्यदूत बनाइयो भन्ने गम्भीर प्रश्न उब्जिएको छ । अग्रवालले सो मुलुकमा नेपालसँग व्यापार सम्बन्ध बढाउनेभन्दा पनि सो पदलाई भजाएर आफ्नो स्वार्थसिद्धि गर्ने गरेको पुष्टि भएको छ । अवैतानिक वाणिज्यदूत भएर नेपालमा कोरोना संकटको बेलामा समेत कालोधन्दा चलाएपछि उनले सो पदलाई आफ्नो व्यक्तिगत फाइदामा प्रयोग गरेको पुष्टि भएको हो ।

शक्तिको दुरुपयोग गर्दै नेपालसँग व्यापारिक सम्बन्ध नै नभएको किर्गिस्तानको अवैतानिक वाणिज्यदूत बनेर कोरोना जाँच्ने थर्मल गनको कालोबजारी, नक्कली भ्याटबिल र गुणस्तरहीन स्टिल उत्पादनदेखि बिजुलीको बिलसमेत नतिर्नेसम्मको कार्यमा लाग्दै आएपछि उनको सो पद खोसिएको छ ।

नेपालमा चालू आर्थिक वर्षको बितेका ८ महिना (चैत)सम्म कुल ९ अर्ब रुपैयाँको वस्तु आयात भएकामा अग्रवाल वाणिज्यदूत भएको किर्गिस्तानबाट सो अवधिमा जम्मा १२ हजार २ सय रुपैयाँको मात्र आयात भएको सरकारी तथ्यांकले देखाएको छ । गत आवमा भने किर्गिस्तानसँग नेपालको कुनै वैदेशिक व्यापार भएको छैन । यसैगरी, चालू आवको सोही अवधिमा नेपालबाट किर्गिस्तानतर्फ ११ हजार रुपैयाँको मात्र निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा नेपालबाट कुल ७० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।

सरकारले कुनै पनि व्यक्तिलाई अवैतानिक वाणिज्यदूत नियुक्त गर्ने भनेको सम्बन्धित देशसँग व्यापार व्यवसाय वृद्धि तथा देशमा वैदेशिक लगानी ल्याउनकै लागि हो । तर, अग्रवालले आफ्नो पदको दुरुपयोग गर्दै नीलो नम्बर प्लेटको गाडी प्रयोग गरी कालोबजारीमा संलग्न भएका थिए ।

जिम्मेवारीपूर्ण पदमा रहेका अग्रवाललाई कोरोना महामारीको समयमा समेत स्वास्थ्य सामग्रीमा कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेसँगै यसले नेपाली उद्योगी व्यवसायीको राज्यप्रतिको दायित्व र नीलो नम्बरप्लेटको गाडीमा झन्डा हल्लाएर हिँड्ने अन्य अवैतानिक वाणिज्यदूतको नियतमाथि नै प्रश्न सिर्जना गरिदिएको छ ।

कोरोना भाइरसको महामारीबाट मुक्त हुन भारतको स्टिल जायन्ट टाटा ग्रुपका संस्थापक रतन टाटाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि त्यहाँको सरकारलाई ५ अर्ब भारु सहयोग गरेका दिए । अन्य राहत सामग्रीसमेतको हिसाब गर्दा टाटा समूहले भारत सरकारलाई करिब १५ अर्ब भारु बराबरको राहत सहयोग गरेको छ । तर, नेपालको स्टिल र सिमेन्ट उत्पादक जगदम्बा स्टिलका मालिक अग्रवालले भने कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना भएको सरकारी कोषमा एक रुपैयाँ पनि सहयोग गरेका छैनन् । सहयोग त के बरु उल्टै अत्यावश्यक वस्तु स्वास्थ्य सामग्री आपूर्तिमा सरकारलाई सहयोग गर्न लाग्नुपर्ने ठूलो औद्योगिक घराना शंकर ग्रुपका उपाध्यक्ष अग्रवाल उल्टै कालोबजारी गरेर नागरिकलाई ठग्न उद्दत देखिए ।

प्रहरी हिरासतमा रहेका अग्रवाल केही दिनअघि बिरामी भएको बहाना गरेर अस्पताल भर्ना हुन खोजे पनि डाक्टरले उनको सम्पूर्ण स्वास्थ्य अवस्था ठीक भएको रिपोर्ट दिएपछि उनलाई पुनः प्रहरी हिरासतमै राखिएको छ ।

(Visited 429 times, 1 visits today)
Loading comments...

आजको समाचार

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

साताका लोकप्रिय समाचार

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरसको सङ्क्रमण

 एजेन्सी । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। शङ्का लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि...

चेतावनी होइन कारबाही

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख धेय नै मुलुकको विकास र आर्थिक समृद्धि भएको बताउँदै आएका छन् । उनले विभिन्न विकास आयोजनामा भइरहेको ढिलाइ...

बन्दक बनाएर १९ वर्षसम्म यौन शोषण

काठमाडौं । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो...

ट्रेन्डिङ

राजनीतिक मनोरोगको पराकाष्ठा

जनता भन्छन्, ‘राजनीतिक दल व्यवसायी भए ।’ कार्यकर्ता भन्छन्, ‘हाम्रा नेता राम्रा नेता, कोही नेताका भक्त, जे भने पनि ताली बजाउने, देवत्वकरण गर्ने, जस्तो...

सुदूरपश्चिममा थपिए १ सय ६३ जना कोरोना संक्रमित

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा शनिबार १ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा भएको परिक्षणमा डोटी जिल्लाका ९२ जना,...

आत्महत्यापछि कोरोना पोजेटिभ आएका युवकको शव गाडियो

दैलेख । क्वारेन्टाइनमा १४ दिन वसेर आरडीटी चेकजाँच रिपोर्ट नेगेटिभ र आत्महत्यापछि कोरोना पोजेटिभ देखिएका दैलेख दुल्लु नगरपालिका १० का एक युवकको शुक्रवार शव...

बलात्कारविरुद्ध अध्यादेशको पर्खाइ !

हामीकहाँ २०७२ सालयता १७ जना महिलाहरू एसिड प्रहारबाट घाइते भए । आक्रमणकारीविरुद्ध कठोर कानुन ल्याउन नसकेकोमा सरकारको आलोचना भयो । अन्ततः सरकारले एसिड प्रहार गर्ने,...

अग्रवालको लुट धन्दाले सीमा नाघेपछि

काठमाडौं । कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ । लामो समयदेखि सरकारी निकायको आँखा...

कोरोना कोषमा युवा संघको ५ लाख सहयोग

सिन्धुपाल्चोक । कोरोना भाइर(कोभीड–१९) को संक्रमणलाई रोकथामका लागि जुगल गाउँपालिकाले गठन गरेको कोरोना रोकथाम कोषमा नेकपा निकट युवा संगठन युवा संघ नेपाल जुगल पालिका...

टोटेनहम म्यानचेस्टर बराबर

लन्डन । टोनेहम हस्टपर र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । खेल सकिन ९ मिनेट बाँकी रहँदा ब्रुनो फार्नान्जेडले...

बिहान स्कुल गएकी किशोरीको साँझ विभत्स शब भेटियो

काठमाडौं । बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव स्थानिय...

खाद्य संकट तत्काल हल गर

बाजुराको पूर्वाेत्तर क्षेत्रमा खाद्यान्न संकटले नागरिकमा भोककै कारण मर्नुपर्ने हो कि भन्ने भय पैैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तो अवस्था देखिनु अत्यन्तै...

वीरमा ५ सय क्षमताको बेडसहित कोरोना उपचार

काठमाडौं । सरकारले अब वीर अस्पतालमा ५ सय क्षमताको बेडसहित कोरोना भाइरस (कोभिड—१९) संक्रमितको उपचार गर्ने तयारी गरेको छ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले...

गायाद्वारा स्पेनको उद्धार

स्टुटगार्ट । इन्ज्युरी समयको थप गरिएको छैटांै मिनेटमा जोसे गायाले गोल गरेपछि स्पेन यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा जर्मनीसँगको हारबाट जोगिएको छ...

गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट दिँदैन : प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् । प्रेस सङ्गठन नेपाल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)