काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक (फुलकोर्ट)ले १ सय ५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
वरिष्ठता, पेसामा सक्रिय, निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएका लगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्ने गरेको छ । यसपटक कम्तीमा ५० वटा मुद्दामा फैसला भएको, फर्म दर्ता गरेको, नियमित कर तिरेको लगायतका मापदण्डमा रहेर वरिष्ठ अधिवक्ताको उपाधि दिन छनोट समितिले सूची तयार गरेको थियो ।
सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको सिफारिस समितिमा न्यायाधीशहरू सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल रहेका थिए । सो समितिले १ सय ५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधिका लागि सिफारिस गरेको थियो ।
वरिष्ठ अधिवक्ताको उपाधि पाउनेहरू
उत्तमप्रसाद सापकोटा, दामोदर पौडेल, शिव कुमारसिंह दनुवार, हुमबहादुर कुँवर, उत्तमबहादुर श्रेष्ठ, महेन्द्रबहादुर श्रेष्ठ, आशिकराम कार्की, मनोहर लामिछाने, सुरेशकुमार प्रधान, जीवनप्रकाश लम्साल, रिठे थापा क्षत्री, खगेन्द्र सुवेदी, अच्युतप्रसाद खरेल, चिरञ्जीवी शर्मा, सज्जनवरसिंह थापा, बद्रीप्रसाद पाठक, प्रेमकुमार अधिकारी, पूर्णिमा रिमाल गुरागाईं, रामप्रसाद पोखरेल, ऋषिराज शर्मा रुपाखेती, जगन्नाथ भण्डारी, भवानी सुवेदी, गंगाप्रसाद पोखरेल, ख्यामनारायण सापकोटा, पूर्णचन्द्र पौड्याल, टीकाराम रिजाल, केदार अधिकारी रहेका छन् ।
यसैगरी सरोजनाथ प्याकुरेल, दिनेशप्रसाद शर्मा, निर्मलराज कोइराला, नारायणप्रसाद साह, केदार ढकाल, कुमुदकुमार भट्टराई, मदनकुमार महत, शुभनराज आचार्य, रामहरि ढकाल, विजयकुमार प्रधान, हेमकुमार श्रेष्ठ, रमेश पौडेल, केशरमणि अर्याल, तिलबहादुर भट्टराई, इन्द्रबहादुर लामा, शान्तिराम खतिवडा, गणेशप्रसाद अधिकारी, धर्मबहादुर खड्का, बलबहादुर राई, हेराकृष्ण महर्जन, कृष्णप्रसाद अर्याल, शिवप्रसाद आचार्य, राजकुमार श्रेष्ठ, पर्शुराम कोइराला, इन्द्रप्रसाद शर्मा, मनोज अधिकारी, खगेन्द्रबहादुर श्रेष्ठ, बलराम तिमिल्सिना, ध्रुवप्रसाद बस्याल, कमलप्रसाद खनाल, दीपक बास्तोला, कपिलचन्द्र पोखरेल, रुद्रप्रसाद नेपाल, जगदीशचन्द्र पाण्डे, ज्योति बानियाँ, सरिता शर्मा र भूमिश्वर शर्मा गौतम रहेका छन् ।
यस्तै, रामलाल सुतिहार, केशवराज पराजुली, विमलप्रसाद ढकाल, केदारप्रसाद कोइराला, विजयकुमार सिंह, श्यामनारायण श्रेष्ठ, लीलामणि पौडेल, विदुरप्रसाद ढुंगाना, नमराज रिजाल, कविता बस्नेत, खड्गबहादुर गुरुङ, मुकुन्दप्रसाद पौडेल, नारायणप्रसाद दुवाडी, प्रा. नरप्रसाद थापा, ललितबहादुर बस्नेत, तेजनाथ धमला, भोजराज आचार्य, विवेकराज ढुंगेल, लेखनाथ अधिकारी, डिल्लीराम मैनाली, उत्तमराज पाठक, नारायण वस्ती, नारायणप्रसाद खनाल, डा. मेदनीप्रसाद सेढाईं, डा. भीमार्जुन आचार्य, फणिन्द्रराज कोइराला, थानेश्वर काफ्ले, रामप्रसाद अर्याल, पदमराज शर्मा, इन्द्रदेवसिंह राजपुत, राजेश्वर अधिकारी, मदनबहादुर चन्द, भीमसेन बन्जारा, कृष्णप्रसाद दाहाल, भोलाकुमार भट्टराई, हरिशंकर कर्ण, नारायणप्रसाद शर्मा, रामनेक साह, बाबुराम खड्का, चन्द्रबहादुर बस्नेत, नारायण नेपाल, डा. पुण्यप्रसाद खतिवडा, पवनकुमार जयसवाल, राजुप्रसाद चापागाईं, रेशमराज रेग्मी, बलराम सुवेदी, मुकेशकुमार कार्की, शालिकराम सापकोटा, दीपेन्द्र थापा, डिल्लीप्रसाद दाहाल, कृष्णप्रसाद पाण्डे, विष्णुप्रसाद शर्मा, उमेश पञ्जियार, हरिन्द्रप्रसाद राई, शेरबहादुर कार्की, बाबुराम भट्टराई, रामबहादुर खड्का र शालिकराम आचार्य रहेका छन् ।
त्यस्तै सतीशकुमार झा, जगतबहादुर कार्की, उद्धवचन्द्र घिमिरे, बालकृष्ण देवकोटा, सीताराम राई, रोहितकुमार डाँगी, आशीष अधिकारी, विष्णुप्रसाद तिमिल्सिना, मणिराज दुलाल, रोहितराज बास्तोला, दिनमणि पोखरेल, पदमबहादुर श्रेष्ठ, रामेश्वरप्रसाद कोइराला, ईश्वरराज ढकाल, देवराज कटुवाल, गणेशबहादुर खत्री, लक्ष्मण थपलिया, राम श्रेष्ठ, खम्मबहादुर खाती, कमलनयन पन्त, सन्तकुमार बाँस्कोटा, रामकृष्ण पाण्डे, द्वारिकाप्रसाद भट्टराई, यमलाल खनाल, प्रकाशकुमार घिमिरे, बाबुराम दहाल, विष्णुमाया भुसाल, राजु खड्का, प्रभुकृष्ण कोइराला, विनोद रेग्मी, रामप्रसाद भण्डारी, धुर्वप्रसाद चौलागाईं, टुकराज पाण्डे, शशीकुमारलाल कर्ण, लोकबहादुर शाह, खगराज कट्टेल र अरुण पौडेल रहेका छन् ।