सर्लाहीबाट आएको तरकारी र गाडी नियन्त्रणमा

तरकारी नियन्त्रण गर्दै जनपथ र सशस्त्र प्रहरी ।

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बैशाख ३ गतेदेखि लागु हुने गरी जिल्ला बाहिरबाट तरकारी, फलपूmल, माछा मासु तथा खाद्यान्न आयातमा एक साताका लागि रोक लगाए पनि तराईबाट तरकारीहरु भित्रिने गरेको खुलासा भएको छ ।

सिन्धुलीमाढीमा रहेको तरकारी बजारमा शनिबार राती सर्लाहिबाट तरकारी भित्रिएपछि उक्त कुरा खुलासा भएको हो । तरकारी व्यवसायीहरुले रामेछाप लाने भन्दै रातीको समयमा तरकारी भित्राउने गरेको पाईएको हो ।

शनिबार राती सिन्धुलीको तरकारी बजारमा एक गाडी तरकारी आएको र सबै व्यवसायीले उक्त तरकारी नपाएपछि व्यवसायीहरुबीचमा विवाद सृजना भएपछि तरकारी भित्रने गरेको खुलेको हो ।

सबै तरकारी व्यवसायीले तरकारी नपाएपछि व्यवसायीबीचमा विवाद सृजना भएको र कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीलाई विवादको सूचना आएपछि तरकारी भित्रिएको स्थानीय प्रशासनले जानकारी पाएको थियो । कमलामाई नगरपालिकाका मेयर खत्रीलाई तरकारी व्यवसायीहरुले तरकारी सबैले ल्याएर बेच्न पाउनुपर्ने भन्दै फोन गरेपछि नगर प्रमुख खत्री मार्फत प्रशासनले उक्त खवर पाएको थियो ।

खबर पाए लगत्तै प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डे, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देल, सशस्त्र वेश क्याम्प सिन्धुलीका डिएसपी लगाएतको नेतृत्वको टोलीले सिन्धुलीमाढीको तरकारी बजार, मधुटारको कालीमाई मन्दिर, धुरा बजार, रातामाटा, धुरा बजार, माझीटारका तरकारी बजारमा छापा मारेको छ ।

छापा मारी रातभर बेचेका सबै तरकारी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको तरकारी नियन्त्रणमा लिई नष्ट गरेको छ । तरकारी बोक्ने उक्त गाडी र सवारी चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ । ना५च २५८३ नम्बरको तरकारी बोक्ने डबल क्याप वोलेरो १२ बजे राती रामेछापको मन्थली तरकारी लाने भन्दै इलाका प्रहरी कार्यालय भिमानमा इन्ट्री भएको पाइएको छ ।

रामेछाप जाने भनि सिन्धुलीमा आएर तरकारी बेचेको पाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताईन । उक्त गाडीले सिन्धुलीको ट्राफिक प्रहरी पोष्टमा नआई माझीटार, पानीट्यांकी हुदै तरकारी बजारमा तरकारी भित्राएको एसपी सिग्देलले बताईन ।

तरकारी बेचेर फर्केको उक्त गाडी र गाडीका चालक सर्लाहि हरिवन नगरपालिका ७ का २१ वर्षिय अमित कुमार यादवलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरिक्षक हरिवोल के.सीले बताएका छन । तरकारी पु¥याई फर्केको गाडीलाई भिमान इलाका प्रहरी कार्यालयको चेक प्वाइन्टबाट विहान साढे ८ बजे नियन्त्रणमा लिएको के.सीले बताए ।

उक्त गाडी र चालकका माध्यमबाट गाडी साहुको समेत खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी सिग्देलले बताएकी छिन । सिग्देलका अनुसार राती तरकारी पसलहरुमा तरकारी पु-याउने गाडीको समेत खोजी भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार