डडेल्धुरा । लक्षण देखिएपछि निको हुने औषधी नै नभएको रेविज रोगविरुद्धको भ्याक्सिन लगाउन डडेल्धुरामा दैनिक आठ जनासम्म पुग्ने गरेका छन । डडेल्धुरा अस्पतालको तथ्यांक अनुसार प्रायः गरी कुकुरले टोकेपछि रेविज रोगविरुद्धको भ्याक्सिन लगाउन दैनिक ५–८ जनासम्म पुग्ने गरेका छन ।
१८ औँ विश्व रेविज दिवसका अवसरमा शुक्रबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको रेविज रोग ’boutको जानकारी कार्यक्रममा डडेल्धुरा अस्पतालका मेडिकल अधिकृत डा. संजिव अधिकारीले यस्तो जानकारी दिए ।
उनका अनुसार रेविस विरुद्धको भ्याक्सिन लगाउनेमा बढी बालबालिका छन । घर पालुवा, समुदाय वा भुस्याह कुकुरले टोकेपछि रेविज विरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन । रेविज रोगबाट बच्ने भ्याक्सिन मात्रै एक प्रभावकारी माध्यम भएकाले भ्याक्सिन लगाउन आउनेको संख्या बढेको उनको भनाई छ । अस्पतालको तथ्यांक अनुसार गत वर्ष र यस वर्षको हाल सम्म रेविज रोगका कारण मृत्यु भईसकेको भने छैन ।
तीन वर्ष पहिले भने अमरगढी नगरपालिका–४ र नवदुर्गा गाउँपालिका–१ का एक, एक गरि दुई जनाको रेविज रोग कै कारण ज्यान गएको थियो । रेविज रोग विरुद्धको खोप लगाउन स्थानीय अस्पताल पुग्ने भएकाले पछिल्ला वर्षहरुमा मृत्यु नभएको पाईएको उनको भनाई छ । कुकुर, बिरालो, स्याल लगायतका जनावरहरु टोक्दा र्यालबाट रेविजको भाईरस शरिरमा प्रवेश गर्ने र ब्रेनमा असर पुगाउने उनले बताए । घर पालुवा जनावरलाई टोकेमासमेत मासु, दुधका माध्यमबाट मानव शरिरमा बिषाणु जन्य प्राणघातक मानिले रेविजको भाईसले संक्रमण गर्ने उनले बताए ।
रेविजका कारण एक वर्षमा संसारभर ५९ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपालमा प्रत्येक वर्ष ५०–९० जनाको ज्यान जाने गरेको छ । एसियामा सबै भन्दा बढी रेविजको जोखिम छ । भारतमा मात्रै ३५ प्रतिशत रेविका केशहरु देखिने भएकाले नेपालमा यसको असर पनि बढी देखिने ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना करिडोर कार्यालय डडेल्धुराका प्रमुख डा. उत्तम आचार्यले जानकारी दिए । २०३० सम्ममा रेविजको संक्रमण उन्मूलन गर्ने नेपाल सरकाको लक्ष्य रहेको छ ।
उनका अनुसार नेपाल प्रति वर्ष ५०० पशुहरु रेविजको संक्रमणबाट मर्ने गरेका छन । रोकथामका लागि प्रत्येक वर्ष ३० हजार पशु र तीन लाख मानिसलाई रेविज विरुद्धको भ्याक्सिन लगाईने गरेको छ । रेविजबाट बच्न कुकुर वा जंगली जनावरले टोकेमा १०–१५ मिनेट सम्म साबुन पानीले घाउ धुने, साबुन नभए सफा पानीले धुने, तुरुन्तै स्वास्थ्य संस्थामा गाई रेविज विरुद्धको भ्याक्सिन लगाउनु पर्दछ ।
यस वर्ष सुदूरपश्चिम प्रदेशमा पशुसेवा विभागले ५० हजार भ्याक्सिन लगाउने लक्ष्य राखेको कार्यक्रम आयोजक भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराका कार्यालय प्रमुख देवराज भट्टले जानकारी दिए । पशुबाट मासिनमा विभिन्न रोगहरुको संक्रमण हुने भएकाले वान हेल्थ को अवधारणमा विश्व समुदाय गएको उनको भनाई छ । उनका अनुसार जिल्ला सदरमुकाम र आसपासका विद्यालयहरुमा पुगेर ४७६ जना विद्यार्थीहरुलाई रेविज रोकथाम’bout चेतना मुलक कार्यक्रम संचालन गरिएको छ ।