मुख्य सचिव अर्याल गृहजिल्ला आउने

स्याङ्जा । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल आफ्नो गृहजिल्ला स्याङ्जा आउने भएका छन् । मुख्य सचिवमा नियुक्त भएपछि पहिलोपटक अर्याल आफ्नै गृहजिल्ला आउने भएका हुन् । मुख्य सचिव अर्याललाई स्याङ्जामा स्वागतको भव्य तयारी समेत गरिएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा अर्यालको स्वागत तथा सम्मान कार्यक्रमको तयारीमा जुटेका छन् । अर्याल असोज १२ गते शनिवार र १३ गते आइतवार दिउँसो सम्म गृहजिल्लामा रहने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

शनिवार अर्यालको आँधीखोला गाउँपालिकामा अभिनन्दन कार्यक्रम सहित आफुले पढेका दुई विद्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताइएको छ । आँधीखोला गाउँपालिका ३ बिचारीचौतार स्थित राष्ट्रिय मावि र चिलाउनेवास स्थित जनप्रदिप माविमा अर्यालले अध्ययन गरेका थिए । पुतलीबजार ११ सुम्रेखोला घर भएपनि अर्याल मावली घरमा बसेर पढेका थिए । आफु पढेको विद्यालय पुग्ने र गाउँपालिकाले अर्याल निजामती कर्मचारीहरुको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त भएको अवसरमा अभिनन्दन सहित सम्मान गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी असोज १३ गते आइतवार वालिङमा अर्याललाई स्वागत सहित सम्मान कार्यक्रम आयोजना गरिएको छ । वालिङमा हुने कार्यक्रम जिल्ला समन्वय समितिले आयोजना गरेको हो । संघिय सांसद, प्रदेशका सांसदहरु, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुख, उद्योगी व्यवसायी, राजनीतिकदल, नागरिक समाज, पत्रकार, आमा समुह, विभिन्न जातजातीका संघसंस्था लगायतको सहभागितामा अर्याललाई स्वागत सहित सम्मान गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले जानकारी दिए ।

मुख्य सचिव अर्यालसगँ यहाँका राजनीतिकदल, जनप्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाज र पत्रकारहरु सहित स्याङ्जाको समग्र विकास निर्माणका ’boutमा छलफल हुने प्रजिअ नेपालले जानकारी दिइन् । नेपाल सरकारको मुख्य सचिवमा स्याङ्जाकै व्याक्ति नियुक्त भएका बेला स्याङ्जावासीले ठुलो अपेक्षा राखेका छन् ।

वालिङ उद्योग वाणिज्य संघको सामुदायीकहलमा आयोजना गरिने कार्यक्रममा ईलाका प्रशासन कार्यालय भवनका लागि जग्गा प्रदान गर्ने जग्गादाताको सम्मान समेत गरिने बताइएको छ । अर्याल आइतवार दिउँसो नै काठमाण्डौं फर्किने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 5,752 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोस्रो स्थानीय तह निर्वाचन आज