काठमाडौं । दशैंको अबसर पारेर साझा प्रकाशनले केन्द्रीय कार्यालय पुलचोक ललितपुरमा पुस्तक मेला आयोजना गरेको छ । केन्द्रिय कार्यालयसँगै देशको सबै साखाहरुमा पुरस्तक मेला आयोजना गरिएको सो प्रकाशनले जनाएको छ ।
यो प्रर्दशनी तथा बिक्री मेला सबैठाउँमा १५ असोजसम्म चल्ने पनि सो प्रकाशनले जनाएको छ । मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने र बिदाको दिनमा समेत खुल्ने पनि आयोजक पक्षको कथन छ । मेलामा पुस्तकप्रेमीको उपस्थिति बढीरहेको आयोजक पक्षले जनाएको छ ।
साझा प्रकाशनका अनुसार नजिएका चाडपर्व दशैँ तिहार, छठ तथा ल्होसारको अवसरमा हुने बिदाका लागि पुस्तक पठन सहज तथा उपयोगी होस भनेर यो मेला आयोकजना गरिएको हो । यतिबेला पुल्चोकको प्रदर्शनीस्थलसम्म आई पुस्तक खरिद गर्ने सँख्या पनि राम्रो भएको आयोजक पक्षको कथन छ । प्रदर्शनीमा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित श्रीमद्भागवत महापुराणको नवीन संस्करण, वेदपुराणका रत्नहरूलगायत विभिन्न शीर्षकका कृतिहरु पनि छन् ।
मेलामा ४.२५ रुपैयाँ मूल्यदेखि २८ सय रुपैयाँसम्मका पुस्तक राखिएका छन् । प्रदर्शनीमा सबैभन्दा सस्तो पुस्तक टेकबहादुर खत्रीको ‘पञ्चायत आज’को मूल्य रु ४.२५, पं.ऋषभदेव शास्त्रीको व्याकरणको दन्त्यकथाको मूल्य ६.५० रुपैयाँ र सबैभन्दा महँगो पुस्तक व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोशको मूल्य २८ सय रुपैयाँ रहेको छ ।
साझाका अनुसार प्रदर्शनीमा २० देखि ८० प्रतिशत छुटमा पुस्तक खरिद गर्न सकिनेछ । नेपाल प्रज्ञाप्रतिष्ठान, सिनासलगायत प्रकाशक तथा व्यक्तिगत प्रकाशनका पुस्तक पनि मेलामा राखिएको छ ।
यो मेला देशका आमपाठकले कस्ता पुस्तकप्रति रुचि राखिरहेका छन् भन्ने’boutको साझाले सर्वेक्षण पनि गरिरहेको छ । यस सर्वेक्षणबाट प्राप्त निष्कर्षअनुसार आगामी दिनमा साझाले सोही अनुसारको प्रकाशन ल्याउने जनाएको छ । आफुहरुले देशका सबै भाषा, सबै विधा, भूगोल, जाति, लिङ्ग सम्बद्ध पुस्तक प्रकाशन गर्दै आएको पनि साझाको दाबी छ ।