लोक नृत्यको भेषभुषामा विचलन बढ्दा श्रष्टा चिन्तित

काठमाडौं । यसै साता काठमाडौंमा बालबालिकाहरुबीच लोक नृत्य प्रतियोगिता भईरहेको थियो । एक खुट्टाले नृत्य गर्दै आएकी शास्त्रीय नृत्य कलाकार सिता सुवेदी पनि सो प्रतियोगिताको निर्णायकमा थिईन् ।

मञ्चमा मारुनी नृत्य प्रस्तुत गर्ने क्रममा एउटा बालिकाले घुँडा देखिने गरी छोटो छिटको फरिया लगाएर नत्य प्रस्तुत गरिन् । लगतै मञ्चमा उत्रिएकी अर्की बालिकाले नेवारी नृत्य प्रस्तुत गर्ने क्रममा शिरमा संगिनी नाचमा प्रयोग गर्ने शिरबन्दी लगाएकी थिईन् । यि दुबै नृत्यमा उनले आधा नम्बर घटाईन् । दुबै प्रतियोगिहरुको भेषभुषाको बिचलन’bout उनले कार्यक्रममा टिप्पणी गरिन् ।

‘पछिल्लो समय स्कुले बालबालिकाहरुले प्रस्तुत गर्ने लोकनृत्यमा सम्बन्धि नृत्यको पहिरनमा व्यापक समस्या देखिएको छ । लोक नृत्य प्रस्तुत गर्दा परापुर्वकालदेखि प्रयोग हुँदै आएको लोक भेषभुषा नै प्रयोग हुनुपर्छ ।’ कलाकार सिताले राजधानीसँग भनिन्,‘स्कुले बालिकादेखि अग्रज कलाकारले पनि लोक नृत्यमा गलत भेषभुषा प्रयोग गरेर नृत्यको मौलिकतामा असर पारिररहेका छन् ।’

सिताको भनाईमा नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माको सहमति छ । प्रतिष्ठानले यस्ता प्रकारको बिकृतिलाई रोक्न नृत्य प्रशिक्षकहरुबाट अब नियमित पहल गर्ने उनले बताएकी छिन् । बिहिबार एउटा राष्ट्रव्यापी रैथाने नृत्य प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि बनेकी कुलपति शर्माले पनि देशभरबाट आएका नृत्य कलाकार तथा प्रशिक्षकलाई नृत्यमा मौलिक संस्कृतिलाई जोगाउन आग्रह गरिन्,‘देशभरका स्कुलमा नृत्य सिकाउने गुरुहरुले नै विधार्थीसँग जस्तो छ त्यस्तै भेषभुषा लगाएर मञ्चमा उतारेपछि उनीहरुले लोक नृत्यमा जस्तो पनि कपडा लगाउँदा हुन्छ भन्ने पाठ सिकेका छन् । अब नृत्यका गुरुहरुले लोक नृत्य सिकाउँदा त्यसमा प्रयोग हुने परम्परागत भेषभुषा लगाएर मात्र बालबालिकालाई मञ्चमा उतार्नु पर्छ ।’ यसरी विधार्थीहरुले विधालयबाटै नेपाली रैथाने नृत्यमा बास्तविक भेषभुषाको प्रयोग गरेर त्यस्ता नृत्य प्रस्तुत गर्दा लोकनृत्यको सँरक्षण हुने विश्वास कुलपति निशा शर्माले व्यक्त गरिन् ।

चलचित्र तथा म्युजिक भिडियोले नै कलाकारहरुलाई ‘फ्युजन’को नाममा मिश्रिम पहिरनमा उतारेर मौलिक नृत्यसँगै भेषभुषामा बिकृति ल्याएको धेरैको आरोप छ । यो आरोपलाई चलचित्रका नृत्य निर्देशक कविराज गहतराज केही हदसम्म स्विकार्न तयार छन् । तर आफुले कहिल्यै पनि मौलिक लोक नृत्यमा मिश्रित भेषभुषा प्रयोग नगरेको उनले राजधानीलाई बताए,‘मौले अहिलेसम्म हजार भन्दाबढी नृत्य निर्देशन गरिसकेँ । तर रैथाने मौलिक लोक नृत्यमा सोही नृत्यको परम्पारगत भेषभुषा नै प्रयोग गरेको छु ।’ उनले अगाडि थपे,‘चलचित्रमा प्रयोग हुने आधुनिक शैलीका गीतमा भने विभिन्न पहिरनलाई मिश्रण गरेर फ्युजन भेषभेषा प्रयोग पनि गरेको छु ।’ यसरी फ्युजन गर्नुलाई उनी नराम्रो मान्दैनन् ।

लामो समयदेखि मगर समुदायको नृत्य प्रशिक्षण र सँरक्षणमा योगदान दिँदै आएका नृत्य निर्देशक भिम मास्के राना पनि आफ्नो समुदायका कतीपयले लोकनृत्यमा अन्य प्रकारका पहिरन प्रयोग गरेको बताउँछन्,‘उहाँहरुलाई कुन नृत्यको सही पहिरन कुन हो भन्ने ज्ञान नभएर पनि यस्तो समस्या आएको हो । अर्कोतर्फ सामाजिक सञ्जालमा मिश्रित पहिरनमा सजिएर प्रस्तुत हुने लोकनृत्यलले पनि नृत्यप्रेमीहरुमा यस्तो बिकृति ल्याएको हो ।’ लोक तथा रैथाने नृत्यमा सोही संस्कृति र परम्परा अनुसारको भेषभुषा नै प्रयोग गर्नु पर्ने नृत्य निर्देशक रानाको कथन छ । आफुले पनि लोक नृत्य सकिउँदा त्यसमा प्रयोग हुने भेषभुषाको ’boutमा पूर्ण जानकारी गराएर मौलिक भेषभुषामा कलाकारलाई नृत्यमा उतार्दै आएको उनले राजधानीसँग जिकिर गरे ।

लामो समयदेखि लोक संस्कृतिमा काम गर्दै आएका लोकबाजा सँग्रहालयका अध्यक्ष एवम् संस्कृतिकर्मी रामप्रसाद कँडेल पनि नृत्यको पहिरनमा आएको विचलनमा चिन्तित छन्,‘कतीपय लोकनृत्यमा ठोलीगाँठा छोपेर छिटको सारी लगाउनु पर्ने प्रचलन छ । तर निकै छोटा छिटको सारी लगायर नृत्यको नाममा ग्लामर बन्ने क्रम बढेको छ ।’ यसो हुनुमा सामाजिक सञ्जालले निम्त्याएको प्रभाव हो भन्ने ठम्याई कंडेलको छ,‘समय अनुसार फेशन परिवर्तन हुनुलाई स्वभाविक मान्नु पर्छ । तर लोकनृत्यमा प्रयोग गरिने पहिरन परम्पारगतरुपमा प्रयोग हुँदै आएका मौलिक नै हुनुपर्छ ।’ आफुहरुले आयोजना गर्दै आएका लोकसंगीत चलचित्र महोत्सबमा पनि यो विषयमा धेरैपटक बहस भएको कँडेलले राजधानीलाई बताए । महोत्सबमा मौलिक भेषभुषामा प्रयोग हुने उत्कृष्ट लोकनृत्य प्रधान चलचित्रलाई पुरस्कृत गर्दै आएको पनि उनले बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले पनि लामो समयदेखि लोकनृत्य प्रवर्धनमा काम गर्दै आएका छन् । पछिल्लो समय लोकनृत्यमा प्रस्तुत हुने भेषभुषामा आएको बिचलनमा उनी पनि चिन्तित छन । यसको लागि सबैपक्षबाट मौलिक पहिरनको पक्षमा पहल हुनुपर्ने गुरुङको सुझाब छ ।

यसरी लोकनृत्यमा प्रस्तुत हुने पहिरनमा पछिल्लो समय बिचलन आएकोमा कलाकारदेखि लोकसंस्कृतिकर्मी समेत चिन्तित छन् । यस्तो बिचलनलाई रोक्न सबैले सामुहिक प्रयास गर्नु पर्ने उनीहरुको सुझाब छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खसीबोका र च्यांग्राको मूल्य सस्तियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने