दुल्लू (दैलेख) । कालिकोट पलाता गाउँपालिका –८ वेर्सनकोटका ४१ बर्षिय पृथबहादुर रोकाया गत शुक्रवार ५ बर्षिय छोरा जनकलाई बोकेर दुल्लू पुगे । कर्णाली राजमार्ग छिचोल्दै दुल्लू पुग्नुको रोकायाको एउटै कारण थियो,उपचार गर्नु ।
पलातादेखी दुल्लू पुग्न रोकायालाई खानपिन वसभाँडा गरेर २ हजार ५ सय लाग्यो । दुल्लूबजारमा कम मुल्यूमा खाना खुवाउन र कोठाका भाँडा नतिर्ने होटल खोजे । बल्लतल्ल एउटा होटल भेटे,गाँसको पैसा लिने, बास रकम नलिने साहुँजी । रोकाया त्यही होटलमा बसे ।
पातलो शरिर, चाउरिएका गाला,काँखीमा विरामी छोरालाई बोकेर उपचारको पखाईमा बसेका रोकायासँग दुल्लू अस्पतालमा भेट भयो । भेट हुँदा साथ सोधिहाले सर, अपांगता भएका केटाकेटीको उपचार गर्ने ठाउँ यही हो । अस्पतालको बाहिर शिविरकै तयारीमा रहेका सोसेक नेपालका एककर्मचारीले हो, भन्ने जवाफ फर्काए । नाम लेख्ने ठाउँ खोजे,नाम लेखाए ।
ठेगाना कालिकोट भनेपछि शिविरमा पनि रोकायालाई प्राथमिकता राखेर शुरुमै उपचार गराए । उपचारपछि रोकाया छोरा जनकलाई बोकेर अस्पताल बाहिरको छहारीमा बसे,छोरातिर हेर्दै सुस्केराए । यसो गर्नुको एउटै कारण थियो,रोकायको खुशी फर्किन आशा । चाहान्थे,छोरालाई सन्चो भई ठम्म ठम्म हिड्न सकोस । यो रोकायाका लागि रहर नभई बाध्यता थियो । गाउँमा अपांगको बावु भनेर हेला गरिने डरले पिरोल्ने गरेको बताए ।
‘हाम्रो गाउँमा मान्ठ अझै पनि पुरानै चलनमा छन् । जे कमजोरी छ, त्यही देखाएर होच्याउने गर्छन । छोरालाई पनि त्यसै गर्छन भन्ने डर आफुलाई लागेको बताए । तर जेनतेन गरेर छोरा हिड थालोस भनेर वेला वेला कुल देवता समेत सम्झने गरेको खुलासा गरे ।‘हाम्रा गाउँमा त अदालत भनेका देउता हुन । दुःखीको सहयोग गर्ने भएकाले देवता भनिएको होला, उनले भने ।”
रोकायाका तीन छोरीपछि जनक जन्मिएका रहेछ । छोरा नभएपछि हेला परिन डरले रोकायाले चार सन्तानका रुपमा छोरा जन्माए । छोरा जन्मिदा जति खुशी थिए,अपांग (अपांगता) जन्मियो, भनेपछि चिन्ता थपिएको सुनाए । बाबुको एक्लो छोरा भएकाले अर्को सन्तान जन्माएको खुलाए । शिविरमा जनकको दायाँ खुट्टामा प्लास्टर गरेर ९ दिनपछि सुर्खेत झर्ने सल्लाह दिए । समयमा उपचारका लागि रोकाया शनिवार सुर्खेत लागे । छहारीमा बस्दै गर्दा आफन्तले जनकको सञ्चोविसञ्चो सोधिरहेका थिए ।पैसाको जोहो गर्न आफन्तलाई पृथबहादुरले आग्रह गरे ।
यस्तै पिडाको भुक्तभोगी छन् दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका –५ का ४४ का महेन्द्र नेपाली । एकदिन महेन्द्रका दम्पती वारीमा काम गरिरहेका वेला ७ बर्षिया छोरी खेल्दै गर्दा लडेर हात भाँचिन । दुईघण्टा पैदल हिडेर कर्णाली राजमार्गको पाल्तडा पुगे । स्थानीय मेडिकलमा उपचार गरे,मेडिकल सञ्चालकले भाँचिएको हातमा प्लास्टर गरिदियो । दिनवित्दै गयो,तर पनि सावित्रीको हात चलेन ।थप उपचारको लागि ईण्डियाको कर्नाटक साईली मेरेज अस्पताल पु-याए । २ लाख खर्चे । हात चलेन ।
एक बर्ष अघि मात्र नेपालीले विरेन्द्रनगर अपांगता वाल अस्पताल तथा पुनस्थापना केन्द्र कर्णाली प्रदेशको सहयोगमा थप उपचारका लागि वालअस्पताल तथा पुनस्थापना केन्द्र काभ्रे पु¥याए । उपचार गरे ६० हजार खर्चे । आजभोली सावित्राको हात विस्तार चल्न थालेको छ । छोरीको हात चल्न थालेपछि खुशी भएको उनले बताए । नत्र त गाउँलेले मलाई अपांग बावु भन्थे,छोरीलाई पनि, उनले थपे ।
नेपाल सरकारले १० प्रकारका अपांगतामा बर्गीकरण गरेको छ । सबै भन्दा शारिरक अपांगता धेरै रहेको सुर्खेत स्थित अपांगता वाल अस्पतालका कार्यालय प्रमुख होमराज केसीले बताए । उनका अनुसार कर्णालीमा धेरै शारिरिक अपांगता रहेको जानकारी दिए ।
गाउँमा भएका यस्ता घटनालाई कम गर्न स्थानीय सरकारले अपांगता परिचय पत्र दिनुको साटो उपचार हुन्छकी हुदैन भनेर विभिन्न निकायसँग साझेदारी गरेर उपचारको खोजी गर्ने,उपचार हुन्छ की हुँदैन भनेर निक्यौलपछि मात्र अपांगता परिचयपत्र दिने हो । परिचय पत्र भन्दा उपचारलाई पद्धतिलाई स्थानीय सरकारले प्राथमिकता राखेर उपचार गर्दा न्यूनिकरण हुन सक्छ ,उनले थपे । कर्णालीमा अधिकाँश मानिस गरिव,जनचेतना अभावले अपांगता भएर बाँच्नुपर्ने बाध्यता झेल्दै आएका छन् ।
वेवास्ता, हेरचाह हेलचेक्रयाइका कारण जीवनभर अपांग हुने घटना कम गर्ने स्थानीय सरकारले गाउँमा जनचेतना जगाउनुपर्ने आवश्यक छ भने अपांगता भएकालाई सम्मानजनक बाँच्न पाउने गरी आयआर्जनका क्रियाकलाप गर्न उत्तिकै जरुरी देखिन्छ ।