झरीले रिलिज चलचित्रको व्यापार ठप्प

काठमाडौं । शुक्रबार बिहानै देखि मुलुकभर निरन्तर वर्षाका कारण शुक्रबार रिलिज भएका नयाँ नेपाली चलचित्रको व्यापारमा ढप्प भएको छ । शुक्रबार दुई नेपाली चलचित्र ‘सानो संसार’ र ‘आँखा’ रिलिज भएका हुन् ।

शुक्रबार बिहान देखि शनिबार अपरान्हसम्म लगातार परेको वर्षाले चलचित्रको व्यापारमा ठुलो प्रभाव परेको यी चलचित्रका निर्माताहरुले बताएका छन् । अविरल वर्षाका कारण शुक्रबार काठमाडौं र मोफसलका कतिपय शहरमा चलचित्र घरमा टिकट बिक्री शुन्य भएपछि यी चलचित्रको सो समेत भएन् । काठमाडौंसँगै पोखरा, नारायण घाट, हेटौंडा, बुटबल, इटहरी, विर्तामोड जस्ता शहरमा वर्षाको कारणले चलचित्रको व्यापार दुई दिन ठप्प भएको त्यहाँका हल सञ्चालकहरुले बताएका छन् ।

शुक्रबारबाटै रिलिज भएको दक्षिण भारतीय अभिनेता जुनिएर एनटिआरको चलचित्र ‘देवरा’को पनि व्यापार राम्रो छैन । यो चलचित्रको पनि शनिबार दिउँसोको शोमा करिब २५ प्रसिशत दर्शक रहेको क्युएफक्स सिनेमा चेन, एनएनआई सिनेमा चेनका सञ्चालकहरुले बताएका छन् ।

चलचित्रको राम्रो व्यापार हुने दिन शुक्रबार र शनिबार नै प्राकृतिक प्रकोपका कारण व्यापार नभएपछि आफुहरु ठुलो मारमा परेको चलचित्र सानो संसारका निर्माता अर्जुन कुमारले बताएका छन्,‘निर्माताहरुले आफ्नो बाली भित्राउने भनेकै हलमा चलचित्र प्रदर्शनी भएको बेला हो । तर दुई दिनको निरन्तर वर्षासँगै बाढी पहिरोका कारण देशभर जुन क्षती पुगेको हो, हामी निर्मातालाई पनि त्यत्तिकै क्षती पुगेको छ ।’ निर्माता अर्जुन कुमारले भने,‘आईतबारबाट मौसम केही खुल्ने देखिएका छ । त्यसैले शुक्रबार र शनिबारको जस्तै आईतबारबाट पनि हामीलाई कम्तीमा एक सातासम्म बिदेशी चलचित्रकै शरह शो दिनको लागि अनुरोध चलचित्र हल सञ्चालकहरुसँग गरेका छौं ।’

यस्तै चलचित्र आँखाको निर्देशक जोन योञ्जनले पनि दुई दिनको निरन्तर वर्षाले चलचित्रको व्यापारमा पुरौ प्रभाव पारेको बताएका छन् । चलचित्र घरमा आफ्नो चलचित्र प्रदर्शन हुँदासमेत वर्षाको कारण दुई दिनसम्म सबैजना घरमै बस्नु परेको उनको दुःखेसो छ । आईतबारबाट अब मौसम राम्रो भएपछि दर्शकले आफ्नो चलचित्र हेर्ने उनको विश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियारको अनुसन्धानमाथि विशेष अदालतले किन उठाउँछ पटक–पटक प्रश्न ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा गठबन्धन टुट्यो