३ दिनदेखि एम्बुलेन्समै लाश !

सिन्धुली । जिल्लाबाट बिरामी बोकेर काठमान्डौ उपचारका लागि गएका दुई एम्बुलेन्स बाढी पहिरोले बाटोमै रोकिदा २ जना विरामीको बाटोमै मृत्यु भएको छ । तीन दिनदेखि सुनकोशी १ टुप्पिडाँडामा अलपत्र परेका एम्बुलेन्समै मरेका दुई विरामीको शव नत काठमान्डौ लान सकिएको छ नत सिन्धुली नै फर्काउन सकिएको छ ।

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट बिरामी लिएर काठमाडौँ हिँडेको एम्बुलेन्स बीच बाटोमै रोकिएपछि दुई जना बिरामीको एम्बुलेन्समै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका–४ मल्ल गाउँकी १३ वर्षिय टिका कुमारी भुजेल र महोत्तरीको बर्दिबास नगरपालिका–८ घर भएका ४५ वर्षका मानबहादुर सिंजालीको उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बाटोमा एम्बुलेन्स फसेपछि मृत्यु भयो । अविरल वर्षा र बाढीका कारण विपी राजमार्ग अवरुद्ध भएपछि उनीहरुको बाटोमै मृत्यु भएको हो ।

भुजेल दमको विरामी थिईन भने सिंजाली टिविका विरामी थिए । मृत्यु भएकाहरुको शव तीनदिनदेखि एम्बुलेन्समै छ । लाश गन्हाउन थालिसकेको आफन्तहरुले जनाएका छन तर विपी राजमार्ग काठमान्डौ तर्फ र सिन्धुलीतर्फ भत्किएर क्षतविक्षत छ ।

ती दुई बिरामी बोकेर काठमाडौँ हिँडेका बा२१२च ७५२३ र ग१च १७०८ नम्बरको एम्बुलेन्स अहिले पनि टुप्पीडाँडामा नै छन । विरामी बोकेर गएका एम्बुलेन्स शव बोकेर बसेका भए पनि सडक सुचारु गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

बाटो सफा गरेर एम्बुलेन्स सिन्धुली फर्काउन र अन्य यात्रुहरुलाई समेत उद्धार गर्न स्थानीय, प्रहरी लगाएत क्रियाशिल रहे पनि कानढुंग्रीमा सडक भासिएपछि झनै समस्या भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियारको अनुसन्धानमाथि विशेष अदालतले किन उठाउँछ पटक–पटक प्रश्न ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट