काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू निको भएर धमाधम घर फर्किन थालेका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका चार जना निको भएर घर फर्किसकेका छन् । पछिल्ला दुई दिनमा घर फर्किनेको संख्या तीन रहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई, धौलागिरी अस्पतालका एक र सेती प्रादेशिक अस्पताल धनगढीबाट दुई जना निको भएर घर फर्किएका हुन् । तीमध्ये दुई पुरुष र दुई महिला छन् ।
पछिल्लोपटक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ३६ वर्षीय राज विक १६ दिनको अस्पताल बसाइपछि आइतबार डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या चार पुगेको हो ।
हालसम्म पहिलो, दोस्रो, छैटौं र नवौं संक्रमित निको भएर घर फर्किएका हुन् । अन्य २७ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएका हुन् । २२ चैतमा कोरोना पोजेटिभ देखिएपछि उनी सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए ।
यसअघि शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र धौलागिरी अस्पतालबाट ६५ वर्षीया मनकुमारी पौडेल डिस्चार्ज भइसकेका छन् ।
चीनको वुहान सहरबाट नेपाल फर्किएका ३२ वर्षीय पुरुष सरुवा रोग अस्पतालबाट गत माघ तेस्रो साता पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका थिए ।
हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १, पाटन अस्पतालमा २, भरतपुर अस्पतालमा २, बागलुङमा १, धनगढीमा र वीरगन्जमा ४–४ र विराटनगरमा १३ जना संक्रमितको उपचार भइरहेको जानकारी प्रवक्ता डा. देवकोटाले दिए ।
यस्तै, कोरोना भाइरस संक्रमणको आशंकामा देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा बस्दै आएका छन् । संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेकाहरूको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किने क्रम सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बस्नेको संख्या दिन प्रतिदिन घट्दै गएको हो । उनले भने, ‘विभिन्न विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । उहाँहरूलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं ।’
हालसम्म २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण भएको छ । आरटी–पीसीआर विधिबाट ८ हजार ८१ जना र आरडीट प्रविधिबाट २१ हजार ४ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ ।
हाल काठमाडौं उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा उपचाररत छन् । चिकित्सकले निको भएका संक्रमितलाई होम क्वारेन्टाइनको पूर्ण पालना गर्न सुझाव दिएका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ६८ जनाको नमुना परीक्षण गर्दा कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
निको भएर संक्रमित धमाधम घर फर्किंदै
- Roshan Shrestha
- २०७७ बैशाख ८ गते ०५:०९
- २०७७ बैशाख ८ गते ०५:०९
Ads Space Available
अन्य समाचार पनि पढ्नुहोस्
भर्खरै
कुरी-कुरी
आजको १० समाचार
- स्थानीय कर्मचारी हटाएर श्रीमतीलाई जागिर
- प्रहरीमा अझै दास मानसिकता ?
- मलेसियामा दुई नेपाली ‘मस्ट वान्टेड’को सूचीमा
- कृष्णनगर भन्सारमा तस्करीको नयाँ तरीकाः बढी तौललाई कम…
- रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश
- अमेरिकी राष्ट्रपति ट्रम्पले लिने नीतिले नेपालमा…
- लामिछानेसमेतलाई थुनामै राख्नुपर्ने माग
- कवाड व्यवसायीले बुझाए जसपा अध्यक्ष यादवलाई ज्ञापनपत्र
- ९ माघ २०८१
- ६ महिनामा बैंकहरूको खराब कर्जामा अधिक वृद्धि