बेला–बेला अवरुद्ध हुने बिजुलीले उपभोक्ता हैरान

बिद्युत लाईन काटिदा देखिएको अमरगढी ७ को पोखरा बजार छेउका सडक बत्ति र जिल्ला सदरमुकम तुफानडाडा क्षेत्र । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । संघिय संरचना अनुसार सात वटा पालिका रहेर बनेको डडेल्धुरा जिल्लाका १६ हजार ५०० घरधुरीमा बिद्युतको पहुच पुगेको छ । दुर्गमका केही वस्तिहरु बाहेक यस जिल्लाका सबै वस्तिहरुमा गरि ९४ प्रतिशत घरधुरीमा बिद्युतको पहुच पुगेको नेपाल प्राधिकरणले गत भदौ महिनामा मात्रै सार्वजनिक गरेको विवरणमा उल्लेख छ । तर बेला बेलामा बिद्युत लाईन अवरुद्ध हुने समस्याले यहाँका स्थानीय हैरान मात्रै छैनन् नोक्सानी व्यहोर्दै आईरहेका छन ।

दैनिक २०औँ पटक लाईन काटिने समस्याले बिधुतिय माध्यमबाट काम गर्दै आईरहेका स्थानीयलाई ठूलो क्षती पुगाएको छ । होटेल संचालक देखि आमसञ्चारका माध्यम, ईलेक्ट्रिक पसल, ग्रील, वेल्डिंगलगायत साना व्यवासायीहरु बढी मर्कामा परेका छन । ठूला व्यापारी, व्यवसायीहरुले विकल्पका रुपमा ब्याट्री जडान गरिरहेको भए पनि साना व्यापारी, व्यवसायीहरु लाई आर्थिक रुपमा क्षती भएको जिल्ला सदरमुकाम तुफानडाडा बजारमा रहेको अमरगढी मोबाईल मर्मत सेन्टरका संचालक राजेन्द्र ताम्राकारले बताए ।

डडेल्धुरा जिल्ला सदरमुकाममा मैले पसल संचालनको गरेको करिब सात वर्ष भयो । उनले भने, लोड सेटिंग मुक्त घोषणा गरिए पछि दैनि २०औँ पटक बत्ति काटिएको देखेको थिएन । तर आजकाल त बेला बेला बत्ति काटिने समस्याले हैरान मात्रै होईन मोबाईल मर्मत गर्न नमिल्दा ग्राहाक फर्किन्छन । यस्तो अवस्थाले आम्दनी गुमेको उनको भनाई छ ।

कोरोना संक्रमण पछि भताभंग भएको होटेल व्यवसाय बिद्युत काटिने समस्याले झनै धरासायी भएको होटेल व्यवसायी संघ डडेल्धुराका अध्यक्ष एवं होटेल सनलाईटका संचालक दान भण्डारीको गुनासो छ । होटेलमा बिजुली नहुदा केही काम हुदैन । पानी टंकीमा चढाउने देखी, किचेनमा एड्जस्टर पंखा, ईन्टरनेट, उज्यालो बनाउन बिजुली नै चाहिन्छ । पटक पटक काटिने बिजुलीले यी सबै काम रोकिदा ग्रहाक भड्किएको उनको भनाई छ ।

गत साउन महिनामा बिद्युत लाईन काटिए पछि हाई भोल्टेज आउदा अमरगढी नगरपालिका ८ किर्तिपुरमा रहेको जिल्ला कारागार लगायत यस क्षेत्रका घरहरुमा जडान भएका बिद्युतिय सामाग्रीमा लाखौको क्षती भयो । किर्तिपुर क्षेत्रका ग्रहाकको व्यापक गुनासो पछि नयाँ लाईन जडान गर्दा प्राबिधिक त्रुटिले पावर भोल्टेज हाई गएको स्विकार गर्दै बिद्युत प्राधिकरणले क्षती पूर्ती दिने भन्दै निवेदन माग गर्यो । तर कुनै सुनुवाई नभएको कारागार कार्यालयका प्रमुख सन्तोष भट्टले बताए ।

उनका अनुसार हाई भोल्टेज आउदा १५ वटा सीसी क्यामेरा, ५० भन्दा बढी बल्ब, ईन्टरनेटको राउटरलगायत स्विच अफ गरि बोर्डमा जोडिएका सबै बिद्युतिय उपकरण खराब भएका थिए । किर्तिपुरका स्थानीय मनोज ओझाको घरमा एलईडी, सीसी क्यामेरा, ल्यापटप लगायतका उपकरणहरु बिग्रदा लाखौको क्षती भएको थियो । तर प्राधिकरणले क्षती भर्ने भनी निवेदन माग गरे पनि हाल सम्म कुनै सुनुवाई नभएको उनले बताए ।

डडेल्धुरामा कैलालीको अत्तरिया ग्रेडबाट ३३ सय केभीको लाईन जोडिएको छ । १०९ किलोमिटर दुरी रहेको यो लाईनमा पहिरो खस्दा, रुख ढल्दा र कहिले काही पोलहरु ढल्दा बिद्युत लाईन अवरुद्ध हुन्छ । बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराबाट १५–२० किलोमिटरको दुरीमा लोकल लाईनहरु विस्तार भएको कार्यालय प्रमुख रमेश अवस्थीले जानकारी दिए ।

यहाँबाट बैतडीमासमेत ११ हजार भोल्टको लाईन जोडिएकाले समस्या हुने गरेको उनको भनाई छ । टाढा, टाढासम्म तानिएका लाईनमा कुनै एक ठाउँमा रुखको हाँगा खस्दा जिल्ला सदरमुकामको लाईनसमेत बन्द हुने अवस्था रहेको उनले बताए । नवदुर्गा गाउँपालिकाको दुर्गम वस्ती चमागाउँको कुनै ठाउँमा रुखको हाँगा खस्दा जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाका घरधुरीहरुमा समेत लाईन काटिने समस्या रहेको उनको भनाई छ ।

बिजुली नपुगेको ठाउँमा पुगाउने पर्यो, उनले भने, लाईन लामो भएर यो समस्या देखिएको हो । हामीले रुखका हाँगा काट्ने काम पनि गरिरहेका छौ । मौसममा आउने खराबीका कारण रुखका हाँगाबिगा बिद्युत लाईनमा खस्ने भएकाले बढी समस्या आएको छ । पालिक स्तरमा ट्रान्सफर्मरसहितका ग्रीडहरु निर्माण गरि लाईन विस्तार गर्न सके यो समस्या कम हुने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

कौडीको भाउमा दिइएको पशुपतिनाथको गौशला धर्मशाला २१ वर्षपछि फिर्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार