काठमाडौं । अग्रज नृत्य निर्देशक भैरवबहादुर थापाले नेपालमा रहेका सैयौं स्थानीय नाचलाई संरक्षण गर्नुपर्ने बताएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानलगायतका संस्थाले अझै पनि गाउँ गाउँमा रहेका विभिन्न समुदायका रैथाने नाचलाई संरक्षणमा ध्यान नदिएको उनले बताएका छन् ।
देशका विभिन्न क्षेत्रबाट आएका ६ दर्जन भन्दा बढी नृत्यकलाकारहरु यतिबेला काठमाडौंमा लोक नृत्य प्रशिक्षण लिईरहेका छन् ।
राष्ट्रिय नृत्य संघ नेपालले बिहिबारबाट काठमाडौंमा आयोजना गरेको तीन दिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’को समापन समारोहमा उनले यस्तो सुझाब दिएका हुन् ।
२०२० सालतिर आफुले भैरव दल खोल्नु अघि दरबारमा बिदेशी नृत्य र काठमाडौं उपत्यकामा नेवारी नाचको बाहुल्यता रहेको उनले स्मरण गरे । आफु नाचघरमा प्रथम नृत्य निर्देशकको रुपमा नियुक्त भएर गएपछि गाउँ गाउँ पुगेर त्यहाँका नृत्य सँकलन ल्याएको उनले जनाए । ती सो नाचलाई नाचघरमार्फत राष्ट्रिय स्तरमा प्रचलनमा ल्याएको पनि उनले बताए ।
मौलिक रैथाने लोकनृत्य कार्यशाला समापन समारोहमा शनिबार बेलुका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै थापाले आफ्नो भने,‘ काठमाडौंमा अरु समुदायको नाच सिक्नु भयो । अब क्षेत्रमा गएर रैथाने नाचलाई सँरक्षण गर्न सबैलाई आग्रह गर्दछु ।’
कार्यक्रममा शिक्षाविज्ञा विद्यानाथ कोईरालाले आफुहरुले विधायलदेखि कलेजसम्मको कोर्षमा नृत्यलाई समावेश गरेको भए पनि अभ्यासको अभावले नृत्यको सँरक्षण हुन नसकेको बताए । उनले नेपालका लोकनाचको अबस्थाको पनि कार्यक्रममा चर्चा गरे ।
यस्तै आदिबासी जनजाती महासँघका अध्यक्ष रामबहादुर थापाले पनि मगर समुदाय र आदिबासीहरुको रौथाने नाच’bout कार्यक्रममा प्रकाश पारे । यस्ता नाचको सँरक्षणमा महासंघले पहल गर्ने उनको कथन थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले गण्डकी प्रदेशका लोकनाच’bout जानकारी गराउँदै ती नाचको सँरक्षणमा आफुहरुले गरेको प्रयास’bout जानकारी गराए ।
कार्यक्रममा नन्दु चौधरीले पूर्वदेखि पश्चिमका थारुसमुदायमा अझै पनि धेरैवटा मौलिक नाचहरु रहेको जानकारी गराए । कतीपय नाचहरु अघिल्लो पुस्तामै केन्द्रित रहेको र ती नाचमा नयाँ पुस्ताले चासो नदेखाएको उनले बताए ।
कार्यक्रममा साँसद शान्ति मोदीले थारु समुदायको लोकनाचमा नारीहरुको अबस्था र अर्की साँसद रेनु शाहले मैथिली समुदायको रैथाने नाच’bout कार्यक्रममा प्रकाश परे ।
तीन दिनसम्म चलेको रैथाने नृत्य प्रशिक्षणमा मुलुकका ६ दर्जन भन्दा बढी कलाकारहरुलाई राईको साकेला र मगर समुदायको जिवैमामा नाच सिकाईएको आयोजक संस्था नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले कार्यक्रममा प्रकाश पारे । कार्यशालामा सहभागी विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै यो कार्यशाला सम्पन्न गरियो ।