अभिषेक र ऐश्वर्याको सम्बन्ध सुधारको पक्षमा करिश्मा

मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरले पछिल्लो समय अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनको दम्पत्य सम्बन्धमा समस्या आएकोमा दुःख व्यक्त गरेकी छिन् । अभिषेक र ऐश्वर्याको विवाह हुँदाको पल आफु निकै खुसी भएको पनि उनले स्मरण गरेकी छिन् ।

कुनै समय अभिषेक र करिश्माको इँगेजमेन्ट भएर पनि विवाहको तयारीको क्रममा इँगेजमेन्ट टुटेको थियो । त्यो कुराले आफु अभिषेकप्रति नकरात्मक नभएको पनि यी अभिनेत्रीले बताएकी छिन् ।

यी अभिनेत्रीले अभिषेक र ऐश्वर्याको दाम्पत्य सम्बन्ध पुन राम्रो होस भने शुभेच्छा पनि दिएकी छिन् । यो जोडीलाई सबैले राम्रो जोडिको रुपमा हेर्दै आएकाले अभिषेक र ऐश्वर्या मिल्नुपर्छ भन्ने उनको कथन छ । जीवनमा भएका सानातिना गल्तीलाई स्वीकारेर एक अर्कामा माफी माग्दै अघि बढ्न पनि उनले सुझाब दिएकी छिन् ।

कुनै समय आफुसँग इँगेजमेन्ट भएर अभिषेक र आफ्नो इँगेजमेन्ट टुटेको कुरालाई आफुले विर्सिसकेको यी अभिनेत्रीले सञ्चारकर्मीलाई बताएकी छिन् । त्यतिबेला आफ्नो इँगेजमेन्ट टुटेको थियो भन्दैमा अहिले अभिषेक र ऐश्वर्याको सम्बन्ध टुट्नु पर्छ भन्ने पक्षमा आफु नहेको पनि यी अभिनेत्रीले बताएकी छिन् । आफुले बिर्सिसकेको त्यो घटनालाई नसम्झाउन पनि उनले सञ्चारकर्मीलाई अनुरोध गरेकी छिन् । त्यतिबेला इँगेजमेन्ट टुट्नुमा आफ्नो परिवार पनि दोषी भएको पनि उनले बताएकी छिन् ।

अभिषेक बच्चन र करिश्मा कपुरले सन् २००२ मा इन्गेजमेन्ट गरेका थिए । त्यतिबेला करिश्मा कपूरको करियर उत्कर्षमा थियो, तर अभिषेक बच्चन बलिउडमा आफ्नो छाप बनाउन निकै संघर्ष गरिरहेका थिए ।त्यतिबेला बच्चन परिवारको आर्थिक अवस्था त्यतिबेला त्यति राम्रो थिएन । सोही क्रममा करिश्माकी आमा बबिताले आफ्नो छोरीको भविष्य सुरक्षित होस भनेर विवाह अघि उनको नाममा केही सम्पत्ति पास गर्न बच्चन परिवारलाई अनुरोध गरेकी थिईन् । यसरी कपुर परिवारले करिश्माको नाममा विवाह अघि नै सम्पत्ती मागेपछि अमिताभले त्यो कुरालाई अश्विकार गरेका थिए । यही कारणले बच्चन र कपुर परिवारबीच सम्बन्ध चिसो भएको थियो । जसका कारण अभिषेक र करिश्माको इँगेजमेन्ट टुटेको थियो । त्यसको लामो समयपछि अभिषेक र ऐश्वर्यासँग विवाह गरेका हुन् ।

यसरी आफुसँग इँगेजमेन्ट गरेर पनि विवाहको लागि अश्विकार गरेका अभिषेकको दाम्पत्य सम्बन्ध राम्रोहोस भनेर अभिनेत्री करिश्माले सञ्चारकर्मीमार्फत सुभेच्छा प्रकट गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा