बाढीपहिरो प्रभावितको उद्धारमा सरकारको काम प्रभावकारी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाले प्रभावित तथा पीडितको उद्धार कार्य सरकारले प्रभावकारी रूपमा गरेको बताएका छन् । बाढीपहिरोका कारण प्रभावित भएका र घाइते भएकालाई तत्काल उद्धार गरी उचित बासस्थानलगायतका काममा सरकारको काम प्रभावकारी रहेको उनले जनाए ।

बाढीपहिरोपीडितको उद्धार, राहतमा सरकारको काम प्रभावकारी नभएको र पीडितले सरकार भएको अनुभूति गर्न नपाएको गुनासो आमसर्वसाधारणबाट आइरहेका बेला प्रधानमन्त्री ओलीले सरकारले तत्काल गर्नसक्ने काम गरेको दाबी गरेका छन् ।

अमेरिकाबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले पीडितको उद्धार, राहत तथा अवरुद्ध अन्य सेवा सुचारु गर्न प्रभावकारी काम गर्ने बताए ।

‘विरोधका लागि विरोध होला, तर सरकारले तत्काल गर्नसक्ने काम गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उद्धार र राहतको काम सरकारले तत्काल पु¥याएको छ ।’ उनले आफू बाहिर हुँदा पनि घटना’bout जानकारी लिएको भन्दै आवश्यक निर्देशनसमेत दिएको बताए । उनले यस्तो संवेदनशील बेलामा सबै मिलेर नागरिकको पीडामा जुट्नुपर्ने पनि बताए ।

प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै सोमबार नै मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । मन्त्रिपरिषद्को बैठकमा उनले बाढीपहिरोपीडितको उद्धार, राहत तथा अवरुद्ध सेवा प्रभाकारी रूपमा सञ्चालनका लागि ध्यान दिन सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितलाई राहत तथा पुनस्र्थापनाको विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन गत ४ असोजमा अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका थिए । अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले १० असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । त्यस्तै, प्रधानमन्त्री ओली अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी भएका थिए ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ, चिनियाँ विदेशमन्त्री वाङ यीलगायत विभिन्न देशका राष्ट्रप्रमुखसँग भेटवार्ता गरेका थिए ।

त्यस्तै, प्रधानमन्त्री ओली कोलम्बिया विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । तर, कार्यक्रममा विद्यार्थीले अंग्रेजी भाषामा सोधेको प्रश्न बुझ्न नसक्दा र जवाफ दिन नसक्दा उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू अमेरिका गएका थिए ।

प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित
अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल अवतरणका बेला सोमबार आधा घण्टा नियमित उडान पूर्ण रूपमा प्रभावित भएको छ । यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको छ । विमानस्थल स्रोतका अनुसार सोमबार दिउँसो ३ः५५ बजेबाट आधा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ (नोटाम) जारी भएको थियो ।

नोटाम जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई त्यहाँबाट उड्न दिइएको थिएन । अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको थियो । प्रधानमन्त्री चढेको जहाज अवतरण गरेपछि भने उडान सामान्य भएको विमानस्थल स्रोतले जनाएको छ ।

सोमबार बिहानैबाट त्रिभुवन विमानस्थलमा उडान व्यवस्थापनमा चाप भएको थियो । जसले गर्दा निर्धारित उडानहरू नै एक घण्टासम्म ‘डिले’ भइरहेका थिए । त्यसमाथि प्रधानमन्त्रीको सवारीले उडान अझ प्रभावित एवं भद्रगोल बनेपछि आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू