चैतन्यले मनायो कला संस्कृति उत्सव

धनगढी । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले मनायो कला संस्कृति उत्सव मनाएको छ । पाठशालाले ‘कला संस्कृति हाम्रो पहिचान, मौलिकता हाम्रो शान’ भन्ने नाराका साथ चैतन्य कला संस्कृति उत्सव २०८१ को आयोजना गरेको हो ।

बिजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा कला संस्कृति कार्यक्रमको आयोजना गरेको चैतन्य पाठशालाले जनाएको छ । शिक्षा र संस्कारलाई मुख्यरुपमा जोड दिँदै आएको चैतन्य पाठशालाले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले चैतन्यले बेला बेलामा गरिरहेका यस्ता सांस्कृतिक उत्सवहरूले विद्यार्थीलाई सामाजिकिकरण हुन सहयोग गर्नुका साथै कला संस्कृति संरक्षणमा पनि ठुलो योगदान पुर्याउने बताए ।

त्यसैगरी कार्यक्रममा चैतन्य पाठशालाका सिइयो गणेशप्रसाद जोशीले पाठशालाले हरेक वर्ष अतिरिक्त क्रियाकलापहरुमा अभिभावक लगायत पाठशालाका शुभचिन्तकहरुबाट मिलेको हौसलाले थप उर्जा मिलेको र आगामी दिनमा पनि साथ सहयोगको लागि आग्रह गरे

पाठशालाको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा विभिन्न साँस्कृति प्रस्तुति, स्थानीय कलाकारको प्रस्तुति, स्थानीय मौलीक परिकार, देउडा प्रस्तुति रहेको थियो । कार्यक्रममा अभिभावक, पत्रकार, शिक्षकशिक्षिकालगायतको उपस्तिथि रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहकाे निर्वाचन क्षेत्रमा एमाले विजयी