काठमाडौं । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल युनिभर्स २०२४’ को उपाधि सन्तोषी कार्कीले हाँसिल गरेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको यो प्रतियोगितामा उनी उत्कृष्ट भएकी हुन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै यो मिसेस युनिभर्स–२०२४ मा भागलिने छिन् ।
बिगत ४७ वर्षदेखि सँसारका विवाहित महिलाहरुको सहभागितमा आयोजना हुँदै आएको मिसेस युनिभर्समा १८ वर्षदेखि ५५ वर्षसम्मका प्रतियोगी सहभागी हुन्छ । १४० भन्दा बढी देशका विवाहित महिलाहरुले भाग लिने यसपटकको प्रतियोगितामा नेपालबाट सन्तोषी कार्कीले भाग लिँदैछिन् । यो प्रतियोगितामा नेपालले आधादशक यताबाट प्रतिनिधित्व गर्दै आएको छ ।
मिसेस युनिभर्स नेपालकी आयोजक एवम् लन्डन फेशन हाउसकी अध्यक्ष मनिषा डँगोल श्रेष्ठले मिसेस नेपाल युनिभर्सको तयारी’bout भनिन्, ‘मिसेस नेपाल युनिभर्सको ताज जितेसँगै हामीले सन्तोषीको थपग्रुमिङसम्बन्ध प्रशिक्षण पनि सुरु गरिसकेका छौं । शुक्रबारबाट दक्षिण कोरियाको साउलमा सुरु हुने यो प्रतियोगिताको लागि उहाँ एक दुई दिनमै कोरिया जानुहुन्छ ।’ मनिषाका अनुसार सान्तोषीलाई रोजिन शाक्यले ग्रुमिङ र इन्दिरा महर्जनले उनलाई व्युटी सम्बन्धि प्रशिक्षण दिएर मिसेस युनिभर्सको सहभागिताको लागि थप तयार गरिरहेका छन् ।
लन्डनको एक विश्वविधालयमा प्रध्यापनसमेत गर्दै आएकी सन्तोषी मिसेस नेपाल युनिभर्सकै लागि यतिबेला नेपाल आएकी हुन् । एक छोराकी आमा सन्तोषीले लन्डनमा रेष्टुरेन्ट व्यबसाय समेत सञ्चालन गर्दै आएकी छिन् ।