स्वस्तिमाले बल्ल बुझिन चलचित्र

काठमाडौं । पछिल्लो समय अभिनेत्रीहरु चलचित्र निर्माणमा पनि उत्रिएका छन् । यसै क्रममा दर्जन भन्दा बढी चलचित्रमा शिर्ष भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तिमा खड्का यसपटक चलचित्र ‘बेहुली फ्रम मेघौली’मार्फत निर्माता बनिन् । चलचित्र निर्माता बनेपछि चलचित्र निर्माणको तयारीदेखि प्रदर्शनसम्मको सबै बोझ आफ्नो काँधमा आउने गरेको उनले बताएकी छिन् ।

बिगतमा अभिनेत्री स्वस्तिमालाई निकै सजिलो थियो । चलचित्रमा नायिकाको रुपमा अनुबन्धित भएपछि छायाँकनको लागि युटिनको गाडीले घरबाटै सुटिङमा लैजाने र सुटिङपछि घरमै ल्याईदिने गथ्र्यो । छायाँकनसकेपछि स्वराँकन र रिलिजको बेलामा प्रचार प्रसारमा समय दिए पुग्थ्यो । तर निर्माता भएपछि चलचित्रको नाम दर्ता गरेदेखि हलमा रिलिज गर्दासम्म सबै काममा आफु नै खट्नु परेको यी अभिनेत्रीले बताएकी छिन् । यतिबेला उनले बल्ल चलचित्र निर्माणको प्रकृया बुझेकी छिन् ।

‘एउटा चलचित्र तयार गर्न कतिसम्म खट्नु पर्दोरहेछ भन्ने कुरा निर्माता निर्देशक भएपछि पो थाहा हुँदो रहेछ । चलचित्र बेहुली फ्रम मेघौलीको निर्माता भएपछि बल्ल मैले चलचित्र निर्माण कार्यलाई नजिकबाट राम्ररी बुझ्ने अबसर पाएँ ।’ अभिनेत्री स्वस्तिमाले भनिन् । यो चलचित्रको निर्माता बनेपछि चलचित्र क्षेत्रमा आफु निकै परिपक्क भएको पनि यी अभिनेत्रीले महसुर गरेकी छिन् ।

आफ्नो चलचित्र रिलिज भएको एक सातामै दशैंको अबसर पारेर तीनवटा नेपाली चलचित्र रिलिज हुँदैछन् । दोश्रो साता त झन तीनवटा स्वदेशी चलचित्रसँग जुझ्ने पर्ने तनाव निर्माता तथा अभिनेत्री स्वस्तिमालाई छ । अर्को तर्फ यो चलचित्रका दुबै निर्देशक साजन बराल र आकाश काफ्ले नयाँ हुन् । यी दुबैको यो पहिलो निर्देशन हो । सोही कारण पनि आफुमा चलचित्रको निर्माणदेखि व्यबस्थापनसम्मको जिम्मेवारी बढेको यी अभिनेत्रीले बताएकी छिन् ।

एक दशक भन्दा लामो चलचित्रमा काम गराईको भन्दा बढी अनुभव पहिलो पटक निर्माता भएपछि आफुले गरेको पनि यी अभिनेत्री बताएकी छिन्,‘चलचित्र निर्माण गर्न कती गाह्रो हुँदोरहेछ भन्नेकुरा बुझ्नको लागि एकपटक निर्माता हुनैपर्ने रहेछ ।’ स्वस्तिमाले राजधानीसँग भनिन् ।

चलचित्र बेहुली फ्रम मेघौली यही घटस्थापना अर्थात १७ असोजबाट रिलिज हुँदैछ । यसै साताको अविरल वर्षको कारण आएको बाढी, पहिरोले काठमाडौं बाहिर जानसक्ने अबस्था छैन । मुलुकमा बाढी पहिरोका कारण ठुलो जनधनको क्षती भएको छ । यस्तो अबस्थामा चलचित्र चलाउनु स्वस्तिमाको लागि त्यत्तिकै ठुलो चुनौती छ । चलचित्रको प्रचार प्रसार र प्रदर्शन व्यबस्थापनको लागि शुक्रबार काठमाडौं बाहिर हिँडेको आफ्नो कलाकारको टिम बाटोबाटै बिजोग भएर फर्कनु परेको यी अभिनेत्रीले बताएकी छिन् ।

स्वस्तिमाको नजरमा बेहुली फ्रम मेघौली नारीप्रधान चलचित्र हो । चलचित्रको कथा साह्रै मन परेर आफुले लगानी गरेको उनले बताएकी छिन्,‘नारीप्रधान भन्नले परम्परागत रुपमा बुझिने रोधानधोनायूक्त चलचित्र हैन हो । नारीहरु घरका पर्खाल नाघेर अघि बढ्न सक्नुपर्छ र आफ्नो उज्ज्वल भविष्य आफैंले बनाउनु पर्छ भन्ने चलचित्र हो ।’ स्वस्तिमाले भनिन् ।

‘अविवाहित युवतीहरुलाई ३० वर्ष पुग्न लागेपछि सबैतिरबाट विवाहको मात्र दवाव आउँछ । त्यस्ता दवावले उनीहरुमा पर्ने समस्या र त्यो दवावको कारण उनीहरुले विवाहको लागि लिनैपर्ने निर्णयको परिणम कथा यो चलचित्रमा उठान गरिएको छ ।’ स्वस्तिमाले भनिन्,‘त्यसैले यसलाई अन्य नारीप्रधान चलचित्र जस्तो मात्र नसोचियोस् । यो नारीप्रधानसँगै नारीलाई जिम्मेवार बनाउने पारिवारिक चलचित्र हो ।’ जसले सन्देशसँगै दर्शकलाई त्यत्तिकै मनोरञ्जन पनि दिने स्वस्तिमाले जिकिर गरिन् ।

बेहुली फ्रम मेघौलीमा स्वस्तिमासँगै निश्चल बस्नेत, वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको 'क्लिन स्विप' , प्रतिस्पर्धीकाे जमानत जफत