सूर्य दर्शन सहकारीका थप एक प्रतिवादी पक्राउ

पोखरा । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था ठगी कसूरमा थप एक जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले गुल्मीको मुसिकोट नगरपालिका ४ स्थायी घर भइ हाल ललितपुर १५, खुमलटार बस्ने वर्ष ३२ की लिला पछाईलाई १४ असोजमा पोखराको गैह्रापाटनबाट पक्राउ गरेको हो ।

पछाईले सहकारीको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम हिनामिना एवं अपचलन गरी गितेन्द्रबाबु राईसँग मिलेमतो गरी ३ करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगेर चलअचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने गरेको पाइएको छ ।

निजलाई कास्की जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सोही सहकारीको रकम अपचलन मुद्दामा हालै पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीमाथि अनुसन्धान भइरहेको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक÷शेयर होल्डर तथा संचालकसमेत रहेका पूर्व डिआईजी जोशीको जिल्ला सरकारी वकिल कार्यालयसमक्ष जिल्ला प्रहरी कार्यालय कास्कीले बयान लिइसकेको छ । उनलाई पहिले ५ दिन हिरातमा राखिएकोमा गत ११ असोजमा थप ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रेफ्रीले नेपालको गोल दिन अस्वीकार गरेपछि तनाव, खेल अवरुद्ध

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित