इलामको बिङ्गो : बाङ्गो र टिङ्गो

इलाम । ऐतिहासिक खेल भन्दै विगत वर्षबाट इलाममा खेलाउँदै आएको बिङ्गो (हाउसी) खेलबाट उठेको रकममा अनुमति दिने संस्थाकै आडबाट सामाजिक भ्रष्टाचार हुने गरेको छ । गत वर्ष इलाम नगरपालिकाको अनुमतिमा इलाम नगर प्रतिस्ठानको आयोजनामा भएको खेलबाट उठेको रकममा अनुमति दिनु इलाम नगरपालिकाकै आडबाट सामाजिक भ्रष्टाचार भएको हो ।

गत वर्षको असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउसी) खेलको गोलमाल भएको रकम एक वर्ष बित्दा पनि अनुमति दिने संस्था इलाम नगरपालिकाले अहिले सम्म हिसाब’bout पन्छिनुले अनुमति दिने संस्थाकै आडमा सामाजिक भ्रष्टाचार भएको देखिन्छ ।

गत वर्ष इलाम नगरपालिकाको अनुमतिमा इलाम नगर प्रतिष्ठानले आयोजना गरेको खेलबाट उठेका रक पारदर्शिता नभएपछि अहिले सम्म इलाम नगरपालिकाले खोजी गर्नुको सट्टा नगर प्रमुख केदार थापा तर्किनुले मेयरकै आडमा सामाजिक भ्रष्टाचार भएको स्थानीयको बुझाई छ ।

इलाम नगरपालिका नौ का राजेन्द्र शर्मा पुरानो हिसाव नमिलाई नयाँ अनुमति दिँदा आम मानिसमा नराम्रो म्यासेज जाने भन्दै पुरानो हिसाब क्लियर गराउनु पर्ने बताउँछन् । उनी भन्छन् चख्न पल्के पछि जुनसुकै अवस्थामा पनि लागी पर्ने गरेको तर्क गर्छन् ।

खानेपानी त नछोड्नेले यस्ता खेलमा आड दिनु त सामान्य बनेको भन्दै स्थानीय सरकारले ऐतिहासिक खेलका नाममा जुवा खेल्न दिने अनि हिसाब गोलमाल बनाउँदा चुप लागेर बस्नुपर्ने कुन नियम अन्तर्गत रहेछ त्यो इलामका जनतालाई देखाउनुपर्ने बताए । त्यस्तै इलाम बजारका युवा व्यवसायी केशव खनालले सामाजिक सञ्जालमा व्याङ्गगर्दे लेखेका छन् दशैको सवैमा शुभकामना मेरो सामाजिक उत्तर दायित्व अन्तर्गत हिसाब पहिलाको क्लियर नहुन्जेल चुप बस्न सकिँदैन भन्दै म म गरौँ ।

आम इलामेली हाउजी लबरको प्रश्न पछाडी क्लियर भएर मात्रै अघि बढौँ । उनको यो लेखाईबाटनै हाउजीको नाममा सामाजिक भ्रष्टाचार भएको प्रस्ट हुन्छ । इलामकी सञ्चारकर्मी सिर्जना श्रेष्ठ सामाजिक सञ्जालमा अनि की दसैँ तिहार आउँदै छ प्रहरीले जुवातास खेल्नेलाई समात्छ अनि हाउजी पनि एक प्रकारको जुवा नै हो अब के हुन्छ पोहोरको हिसाब नै मिलेको छैन यो पाली के हुने हो फेरी एक दुई दिन हैन महिनौँ दिन खेलाउनु त भएनन् नि भन्दै फेसबुकमा लेखेकी छिन ।

यता इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले ऐतिहासिक रूपमा खेलिँदै आएको र यस वर्ष पनि खेलाउने तयारीमा इलामकै रेडहर्ष फुटबल क्लवलाई खेलाउने अनुमति दिई सकेको बताए तर गत वर्ष इलाम नगर प्रतिष्ठानले खेलाएको हाउजीको हिसाब के भयो भन्ने प्रश्नमा फोन काटेर पन्छिन खोजे । उनको यो आशयबाटै गत वर्षको हिसाव किताब पारदर्शिताको ’boutमा नगरप्रमुखकै आड रहेको देखिन्छ । नगरपालिकाकै मातहतमा रहेको नगर प्रतिष्ठानले खेलाएको हाउजीको हिसाब पारदर्शिताको विषयमा नगर प्रमुख कहिले यो विषयमा नबोलौँ त कहिले फोन राख्नुले मेयरकै संलग्नता भएको अनुमान लगाउन सकिन्छ ।

उता प्रशासन भने बेखबर जस्तै बनेको छ । हाउजीको विषयलाई लिएर हिसाब गोल मोल भएको समाचार आउँदा समेत थाहा नभएजस्तै बनेर अनुमतिको तयारीमा बसेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सरकारले अनुमति दियो भने प्रशासनले सुरक्षा दिने बताइन । उनले सरकारले अनुमति दिए त्यसको निगरानी सरकारले नै गर्नुपर्ने भन्दै स्वीकृति, पारदर्शिता अनुमति दिने संस्थालेनै गर्ने हो प्रशासनले सुरक्षा मात्रै दिने बताइन ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले बिङ्गो भनेर कतै उल्लेख छैन तर बाजी थापेर खेलिने खेल कानुनले निषेध गरेको छ उनले भने तर कुन कुन खेल भन्ने पनि उल्लेख छैन । बिङ्गो बाजी थापेर नै खेलिने खेल हैन र भन्दा यो परिभाषा मैले गर्ने हैन भन्ने जवाफ दिए ।

गत वर्ष इलाम नगरपालिकाले अनुमति दिएपछि इलाम नगर प्रतिष्ठान सहितका अन्य संस्थाहरूको संयुक्त आयोजनामा ४१ दिन सञ्चालन भएको थियो । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दुई पटक सम्म पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसकेको समितिले एक वर्ष सम्म पनि हिसाब मिलाएर सार्वजनिक गर्न नसक्दा अहिले सम्म सामाजिक रूपमा प्रश्न उठी रहेको छ ।

नगर प्रतिष्ठानले दैनिक हिसाब देखाउन नसके पछि पुन हिसाब सार्वजनिक गर्ने भनेको आयोजक एक वर्ष बित्दा पनि हिसाव देखाउन सकेन । जसको कारण सामाजिक भ्रष्टाचार भएको प्रस्ट हुँदा हुँदै पनि नगरपालिकाले केही गर्न सकेन ।

लाखौँ रुपैयाँको चिट्ठा कारोबार भएको हाउसीको आय–व्यय विवरण आयोजकले देखाएकैमा विश्वास गर्नुपर्ने अवस्था छ । सिङ्गो खेलमा भएको आम्दानी र खर्चको विवरणको लेखा परीक्षण हुँदैन । आयोजक संस्थाले आफ्नो लेखा परीक्षण गराउँदा हाउसीबाट भएको आम्दानीसम्म देखाउन सक्छन् तर खर्च चाहिँ त्यहाँ पनि देखिँदैन । त्यसैले ठुलो आर्थिक कारोबार लेखा परीक्षण बिनै गुज्रिरहेको छ । स्थानीय सरकारकै संलग्नतामा सञ्चालन भएको खेल हाउसीको हिसाब गोलमाल सम्बन्धी स्थानीय सरकार मूकदर्शक बनेको छ ।

आयोजकले सार्वजनिक गरेको विवरण अनुसार ४१ दिन खेलाइएको बिङ्गोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको देखाए पनि हिसाब पारदर्शी बन्न नसक्दा लाखौँ रुपैयाँ गोलमाल भएको पाइएको हो । आयोजकले टिकटको यकिन तथ्याङ्क नै दिन नसक्नुले हचुवाका तालमा खेल खेलाएर आर्थिक चलखेल गरेको प्रस्ट हुन्छ । आयोजकले खेलमा टिकट खरिद, दैनिक बिक्री, बचत र पुरस्कार कति रहेको भन्ने तथ्याङ्क दिन नसकेपछि संस्थाको कमजोरी रहेको प्रतिष्ठानका उपाध्यक्ष गणेश खतिवडाले पत्रकार सम्मेलनमा स्वीकार गरेका थिए ।

अपराध संहिता, २०७४ ले सत्तेबाजीलाई जुवाको रूपमा व्याख्या गरेको छ । जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी वा खेलिने खेल सम्झनुपर्ने व्याख्या छ । यसै गरी सट्टाबाजी भन्नाले कानुन बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी सम्झनुपर्ने कानुनी व्याख्या छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धार्मिक पर्यटन प्रर्वद्धनमा शक्तिपीठका सर्किट ‘कोशेढुंगा’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिद्धार्थ नगरमा कांग्रेस र माओवादीबीच तालमेल सहमति